ताजा अपडेट »

विप्लवको गाउँमा प्रहरी छापा

विहीबार, २३ फागुन २०७५, १३ : ४६
4 Shares

फागुन २३
कपिलवस्तु ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नेकपाका केन्द्रीय अध्यक्ष नेत्रविक्रम चन्द विप्लवको गाउँमा छापा मारेको छ। कपिलवस्तुको सुन्दरी डाँडामा छापा मार्दा प्रहरीले एकजना व्यक्तिसहित केही थान हतियार बरामद गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढी अञ्चलपूर स्थित नेकपा कार्यकर्ता दुर्गाबहादुर रोकाको घरबाट एसएमजी २ थान, त्यसमा लाग्ने म्यागेजिन ३ वटा, त्यसका गोली ६८ थान, एन १६ हतियारका १ सय २९ वटा गोली, चाईनिज पेस्तोल १ थान, म्यागेजिन पेस्तोल २ थान, रिमोट १ थान, वायरिङ तार ४० मिटरलगायतका हतियार र बिस्फोटक सामग्री बरामद भएको प्रहरीले बताएको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वमा गएका ३ टोलीले स्थानीय १५ भन्दा बढी घरमा छापा मारेको थियो ।

त्यस क्रममा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता घाइते भएको कपिलवस्तुका प्रहरी प्रमुख अच्युतमप्रसाद पुडासैनीले जानकारी दिए ।

प्रहरीले बाहिर चर्चामा ल्याएजस्तो गोलि नचलेको र हतियार पनि अन्य ठाउँबाट मात्रै भेटिएको त्यहास्थित नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।