ताजा अपडेट »

छायाँ पोलिक्लिनिक अर्घाखाँचीका १० जनाको रिपोर्ट नेगेटिभ

विहीबार, ०८ जेठ २०७७, १५ : ३५
10 Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा कार्यरत १० जना स्वास्थ्यकर्मीको पिसिआर टेष्ट नेगेटिभ आएको छ । पोलिक्लिनको उपचार तथा ल्याब र फार्मेसीमा संलग्न १० जनाको प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको अर्घाखाँची अस्पतालका डा. कपिल गौतमले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका गुल्मी एक युवकले सन्धिखर्कको छायाँ पोलिक्लिनिकमा उपचार गराएको खुलेपछि सिल गरिएको उक्त पोलिक्लिनिकका १० जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका ४१ वर्षीय उनी गत वैशाख ३१ गते ज्वरो, रुघाखोकीको चेक गर्न सन्धिखर्कको छायाँ पोलिक्लिनिकमा आएका उनी यहाँ उपचार सम्भव नभएपछि रुपन्देहीको क्रिमसन अस्पतालमा गएर भर्ना भएका थिए । उनको लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरिएको थियो

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।