६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

तिलोत्तमा । तिलोत्तमा मिडिया क्लब रुपन्देहीले तिलोत्तमा नगर क्षेत्रमा क्रियाशिल पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आवद्ध सबै पत्रकारहरुको कोरोना बीमा गरिएको क्लवका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । क्लवले यसका लागि तिलोत्तमा नगरपालिकासँग सहकार्य गरी कोरोना बीमाको प्रक्रिया अघि बढाएको थियोे । कोरोना भाइरसको महामारीका बेला पत्रकारहरुले अग्रभागमा रहेर काम गर्ने र उनीहरुमा संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई मध्यनज गर्दै कोरोना बीमा गरिएकोे उपाध्यक्ष बीपी गौतमले बताए ।

बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीमा कम्पनीले एक लाख दिने कम्पनीका भैरहवा शाखा प्रवन्धक प्रकाश शर्माले बताए । कोरोना परीक्षण गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तान गर्ने कम्पनीले जानकारी दिएको छ । “बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बीमा रकम प्राप्त गर्न सकिनेछ”-शर्माले भने । जोखिमपूर्ण पत्रकारिता गर्ने दौरानमा पत्रकारलाई अझ जिम्मेवार भएर अगाडि बढ्न हौसला थप्ने गरी बीमा गरिएको क्लवका सचिव टिआर शर्माले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै