ताजा अपडेट »

नेपालमा कोरोना संक्रमित संख्या ४४४, झापामा १५ सहित १७ जना संक्रमित थपिए

विहीबार, ०८ जेठ २०७७, ०८ : ०१
4 Shares

बुटवल । नेपालमा आज बिहानै थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सगै नेपालमा कोरोना संक्रमित संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित १७ मध्ये १५ जना झापा कचनाकवल गाउँपालिकाका भएको मन्त्रालयले जनाएको छ। यसैगरी धनकुटा र सुनसरीमा १/१ जनामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।