३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

राँझा । बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ ।दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Advertisement

उजका अनुसार नरैनापुरमा फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर नमूना प्राविको क्वारेन्टिनमा बस्दै आएका हन् । यसै गरी खजुराका २७ वर्षीय युवक पनि गत हप्ता भारतबाट आएर वडा नं ५ वसन्तपुर क्वारेन्टिनमा बस्दैआएका छन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएपछि खजुरा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । खजुरा गाउँपालिकामा पहिलो पटक वडा नं ५ निवासी एक व्यक्तिमा आज सङ्क्रमण पुष्टि भएको हो । गत हप्ता भारतबाट आई वसन्तपुर क्वारेन्टिनमा बस्दै आएका २७ वर्षीय युवकमा सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले खजुरामा थप उच्च सतर्कता अपनाइएको उनको भनाइ छ ।

सङ्क्रमितलाई आईसोलेशनमा उपचार व्यवस्थाको लागि पहिचान गर्ने कार्य भईरहेकोले आज रातीसम्म सबैलाई आइसोलेशनमा पु¥याईने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । कोरोनाको खतरा क्षेत्र बन्दै गएको नरैनापुरमा मात्रै सङ्क्रमितको सङ्ख्या ७३ पुगेको छ । यहाँ सङ्क्रबाट एकजनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरामा आज भेटिएका एकजनासहित बाँकेमा सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ ।

कपिलवस्तुमा ५९ सङ्क्रमित
जीतपुर– कपिलवस्तुमा मंगलबार र आज कोरोना संक्रमण पुष्टि भएका १६ जना नै वैशाखमा भारतबाट फर्किएका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमित ५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिए । जिल्लाका स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु र महाराजगञ्ज नगरपालिकामा नौनौ, कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिकामा आठआठ, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकामा चारचार, शिवराज नगरपालिकामा तीन तथा शुद्धोधन गाउँपालिका र र वाणगङ्गा नगरपालिकामा एकएक जना कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जिल्लामा आज पुष्टि भएकामध्ये नौ महाराजगञ्ज र तीन जना विजयनगरका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिमा कपिलवस्तुमा १३ जनामा पुष्टि भनिए पनि जिल्लामा १२ जनामा मात्र फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिए । भगतका अनुसार सङ्क्रमित १२ मध्ये पाँच पुरुष र सात महिला छन् । महाराजगञ्ज ९ सिसवामा रहेको शिवभारी माविको क्वारेन्टिनमा आठ जना बसेका थिए भने बाँकी एक जना वडा नम्बर १ मा रहेको कन्या माविको क्वारेन्टिनमा बसेका हुन् । आठ जना एउटै गाउँ तेनुवाका छन् । संक्रमित नौ जना भारतबाट आएका थिए । तीमध्ये आमाछोरी संक्रमित छन् । वडा नम्बर ८ सिसवाका अढाइ वर्षीय बालक तथा चार र ६ वर्षीया बालिका, ३२ वर्षीया महिला दुई , २५ र १६ वर्षीया महिला तथा १२ वर्षीय बालक संक्रमित फेला परेका छन् । यस्तै वडा नम्बर १ का २० वर्षीय पुरुष संक्रमित भेटिएका छन् । यस्तै वडा नम्बर १ मा भेटिएका संक्रमित दुर्गा भवानी महिला विद्यालयको क्वारेन्टिनमा छन् । संक्रमित नौ जना भारतबाट आएका थिए ।

उता विजयनगरमा नौ जनामा कोराना पुष्टि भएको छ । उनीहरु सबै ११ दिनअघि भारतबाट आएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए । तीनै जना संक्रमित १३ दिनबाट वडा नम्बर ६ को रामशरण आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेको थापाले बताए । गाउँपालिकाले आइसोलेशन सेन्टर निर्माण गरेकाले तीनै जनालाई त्यसमा राखिएको उनको भनाइ छ । वडा नम्बर २ का सङ्क्रमित २२ वर्षीय र वडा नम्बर ७ का ३५ र ४८ वर्षीय पुरुष दाजुभाइ हुन् ।

जिल्लामा मंगलबार कोरोना पुष्टि भएका चार जना जिल्लाको दक्षिणी नेपाल भारत सीमावर्ती मायादेवी गाउँपालिका हुन् । उनीहरु वैशाखको तेस्रो साता भारतबाट फर्किएर गाउँमा आएपछि स्थानियको सहयोगमा प्रहरीले क्वारेनटाईनमा पु¥याएको थियो । चार जना नै भारतको मुम्बईबाट वैशाख तेस्रो साता चोर नाका हुँदै जिल्ला फर्केका थिए । उनीहरुलाई चार जना नै क्वारेन्टिनमा १४ दिन बसेपछि गत शनिबार आरडिटी गर्दासमेत पोजेटिभ देखिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य