May 18, 2022
दाङ । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस २०७७ तथा चलचित्र पत्रकार संघकोे २१ औं वार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले रक्तदान कार्यक्रम गरि मनाएको छ । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका विरामी तीव्र गतिमा देखिन थालेका छन् र नेपाल अहिले लकडाउनमा छ । लकडाउन भएसंगै दाङमा रगतको अभाव हुँदै गएपछि चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले रक्तदान कार्यक्रम आयोजना गरेका थियो ।
लकडाउनकै कारण संघले हरेक वर्षको वार्षिकोत्सव तथा पत्रकारिता दिवसमा वितरण गर्दै आएको पुरस्कार र सम्मानको औपचारिक कार्यक्रमलाई स्थगित राख्दै यो वर्ष दाङ शाखाले सामाजिक दुरी कायम राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष शिब पुनले बताए । कार्यक्रममा त्रीशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. का अध्यक्ष एवं समाजसेबी सुरेश हमाल, चलचित्र पत्रकार संघ दाङका पदाधिकारी, सदस्य, विभिन्न मिडियामा आवद्ध पत्रकार, व्यवसायी र जिल्लामा क्रियाशिल सामाजिक संस्था दाह्री ग्याङका सदस्य सहित १८ जनाले रक्तदान गरेका हुन् ।
प्रतिकृया दिनुहोस्