ताजा अपडेट »

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३४

बुधबार, ०७ जेठ २०७७, १९ : ३८
4 Shares

बुटवल । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो ।

आज नै बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३  र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी दिएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ। कुल संक्रमितमध्ये हालसम्म ४५ जना निको भएर घर गइसकेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।