ताजा अपडेट »

भारतमा कोरोनाभाइरस संक्रमित १ लाख बढी

बुधबार, ०७ जेठ २०७७, १८ : २७
4 Shares

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ । 

भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ३०३ पुगेको छ ।  कोरोनाभाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् । भारतमा कोरोना संक्रमितको सबैभन्दा ठूलो संख्या महाराष्ट्र राज्यमा देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ३७ हजार १३६ जना, तामिलनाडूमा १२ हजार ४४८ जना, गुजरातमा १२ हजार १४० जना र नयाँदिल्लीमा १० हजार ५५४ जना संक्रमित देखिएका छन् । कोरोनाभाइरसको प्रसार समुदायस्तरमा फैलिनबाट रोक्न भारतमा जारी लकडाउन आगामी मे ३१ तारिखसम्म लम्ब्याइएको छ, तर मानिसको घुमफिर र यात्रामा धेरै खुकुलो बनाइएको छ । –एएनआई

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।