२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो ।

Advertisement

मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले आज विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको जानकारी दिए। “पिसिआर विधिबाट परीक्षणको लागि मन्त्रालयले दर तोकिदिने भएता पनि हालसम्म तोकि नसकेको व्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ”, उनले भने, “अहिले परीक्षणको दायरालाई व्यापक बनाउने कार्य मात्र गरिएको मात्रै हो, के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउनेलगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको छ ।”हिजो मन्त्रालयले स्वेच्छाले कोभिड १९ को परीक्षण गराउन चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्त पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत परीक्षण सशुल्क गराउने निर्णय गरेको थियो ।

उनले हिजो मङ्गलबार गरिएको उक्त निर्णयलाई केही अनलाइन मिडियाले निजी संस्थाबाट पनि परीक्षण गराउन रु १५ हजार तोकिएको भनी समाचार सम्प्रेषण गरेको र यसैलाई आधार मानी सर्वसाधारणले व्यक्त गरेका धेरै प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको गरेका छन् । उनले सार्वजनिक अस्पतालमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भीडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीको अनुरोधमा नै मन्त्रालयले सःशुल्क परीक्षणको व्यवस्था गर्न लागेको जानकारी दिए । “निःशुल्क परीक्षण गराउने कि सःशुल्क परीक्षण गराउने सो व्यक्तिको इच्छामा भरपर्ने कुरा हो”, उनले भने, “सःशुल्क परीक्षण गर्ने संस्थाले परीक्षणको लागि तोकिएको सम्पूर्ण मापदण्ड पु¥याएको हुनुपर्दछ ।

त्यहाँबाट भएका परीक्षणको गोपनीयता कायम गर्दै नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्दछ ।”यसैगरी अहिलेसम्म ३५ हजार ४९४ को पिसिआर र ७५ हजार ७२ जनाको आरडिटीबाट परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा