ताजा अपडेट »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामी मात्र राख्ने तयारी

बुधबार, ०७ जेठ २०७७, १५ : ५२
4 Shares

दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अरू सबै सेवा बन्द गरेर कोरोनाका बिरामी मात्र राख्ने तयारी गरेको छ । प्रदेश ५ का विभिन्न स्थानबाट कोरोनाका बिरामी आउने भन्दै बहिरंग तथा अन्तरंग सेवा बन्द गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको मंगलबारको निर्देशनबमोजिम बुधबारदेखि प्रतिष्ठान कोरोना संक्रमित बिरामीको उपचारमा समर्पित भएको कामु रजिस्ट्रार कैलासप्रसाद देवले बताए । ‘प्रतिष्ठानअन्तर्गतका सबै शयया कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘हाल १ सय शय्या छन् ।’

अन्य बिरामीलाई नजिकका स्वास्थ्य संस्था या राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गराउन प्रतिष्ठानले अनुरोध गरेको छ । प्रदेश सरकारको समन्वयमा दाङको बेलझुन्डीमा पनि कोरोना विशेष अस्पताल सञ्चालित छ । त्यहाँ पाँच आईसीयूसहित १ सय शय्या छन् । हाल अस्पतालमा बाँकेका ८, कपिलवस्तुका ३ र दाङका २ गरी १३ संक्रमितको उपचार भइरहेको छ ।

प्रदेश ५ का अन्य जिल्लामा संक्रमित बढिरहेको र अस्पताल अभाव भएपछि प्रतिष्ठानलाई पनि कोरोना उपचारमा केन्द्रित गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।