ताजा अपडेट »

उपचाररत बिरामीको मृत्युको अफवाह ,अस्पतालद्वारा खण्डन

बुधबार, ०७ जेठ २०७७, १३ : ३८
2 Shares

बुटवल । अस्पतालमा उपचार गराइरहेका विरामीलाई विभिन्न अनलाईन मिडिया तथा सामाजिक सञ्चालनमा गलत अफवाह फैलिएपछि अस्पतालले नै विज्ञप्ति जारी गरेर समाचारको खण्डन गरेको छ । रुपन्देहीको तिलोत्तमा–६ मणिग्राममा अवस्थित क्रिमसन अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित विरामीको आइसियू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।

केही अनलाईन मिडियाहरुले बुधबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे तथा अस्पताल सञ्चालक सदस्यहरुको नाम उदृध गर्दै समाचारमा अफवाह फैलाएपछि अस्पतालले बुधबार दिउसो १२ बजे एक विज्ञप्ति जारी गर्दै गलत समाचारको खण्डन गरेको हो । विभिन्न संचार माध्यममा कोरोना संक्रमित शिक्षकको मृृत्यु भएको भन्ने समाचार प्रकाशित भएपछि अस्पतालले उनको अवस्थामा गम्भीर भए पनि मृत्युु नभएको जनाएको हो । उपचाररत गुल्मी मदाने–६ का कोरोना संक्रमित शिक्षकको बारेमा सञ्चामाध्यममा फरक फरक सूचनाहरु बाहिरिएपछि कोभिडन–१९ का बारेमा सरकारले एकद्वार प्रणलीबाट सूचना प्रवाह गर्न नसकेको भन्दै सामाजिक सञ्चालहरुमा आलोचना हुन थालेका छन् । यसैगरी अनलाईन मिडियाहरुले पनि वास्तविक घटना नबुझेरै समाचार प्रकाशसन गर्दा विश्वसनियता घट्ने विषेयले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

यसैगरी प्रदेश नं ५ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्कको कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले समाचार ब्रेकिङ गर्ने नाममा मानवीय संवेदनशीलता नभुल्न पत्रकारहरूलाई आग्रह गरेका छन् । क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित शिक्षकको मृत्युु भएको समाचार प्रकाशित प्रसारित भएपछि सामाजिक सञ्जाल फेसवुकमा प्रतिक्रिया जनाउँदै प्रेस सल्लाहकार केसीले अस्पताललाई उदृत गर्दै उनको अवस्था गम्भीर रहे पनि मृत्युु नभएको भन्दै सम्बन्धित निकायबाट आधिकारिक रूपमा पुष्टि नगरी समाचार प्रकाशनर प्रसारण नगर्न अनुरोध गरेका छन् । उनले फेसबुकमा भनेका छन् –‘मान्छेको जिवनको विषयमा समाचार दिदा अलिकती संवेदनशील बन्ने कि ? ब्रेकिङ तिर नलागौ पुष्टि गराउने तिर लागौ ।’ पिडित शिक्षकका बारेमा यो यसअघि पनि सामाजिक सञ्चालनमा मृत्युको अफवाह फैलाइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।