ताजा अपडेट »

चलचित्र पत्रकारिता दिवस: डिजिटल माध्यमबाट मनाईदैं

बुधबार, ०७ जेठ २०७७, १२ : ५६
6 Shares

बुटवल । चलचित्र पत्रकारहरुले आज २१औँ चलचित्र पत्रकारिता दिवस मनाईरहेका छन् । व्यावसायिक चलचित्र पत्रकारले सङ्गठित हुनुपर्ने आवश्यकता महशुस गरेपछि २०५६ सालमा पेशागत सङ्गठनको रूपमा नेपालभरका चलचित्र पत्रकारहरूको छाता सङगठन ‘चलचित्र पत्रकार संघ’को स्थापना भएको थियो ।

दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले पहिलोपटक डिजिटल माध्यमबाट स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । कोरोना भाइरसले संसारभर महामारीको रुप लिएपछि धेरै देशहरु लकडाउनमा छन् । नेपाल पनि कोरोना कहरबीच लकडाउनमा छ । बाहिर निस्कनु निकै जोखिमपूर्ण छ । त्यसकारण पनि पत्रकारहरु समेत अत्यावश्यक सेवा बाहेक अरु समय आ-आफ्नो घरबाटै काम गरिरहेका छन् । लकडाउनका बीच पनि डिजिटल माध्यमको प्रयोग गर्दै आ-आफ्नो घरबाटै सम्पूर्ण सदस्यहरुसँग शूभकामना आदान-प्रदान गरि स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष दिनेश सिटौलाले बताए ।

स्थापना दिवसको अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम कोरोना माहामारीको कारण हाललाई स्थगित गरिएको महासचिव समीर बलामीले बताए । ‘हामीले हाललाई सम्मान र पुरस्कार स्थगित गरेका छौँ, छिट्टै अर्को निर्णय गरिनेछ’ बलामीले बताए । चलचित्र पत्रकार संघ नेपाम २१ औँ वर्षमा आइपुग्दा एक सय ३४ जना चलचित्र पत्रकार केन्द्रमा सदस्य छन् भने संघले विभिन्न शाखासमेत विस्तार गरिसकेको छ । -फिल्मीखबर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।