ताजा अपडेट »

गुल्मीका कोरोना संक्रमितको मृत्यु, देशभर मृत्यु हुनेको संख्या ३

विहीबार, ०८ जेठ २०७७, ०९ : ५१
4 Shares

बुटवल । गुल्मीका कोरोना संक्रमित व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुषको आज बिहान मृत्यु भएको प्रदेश ५ सामाजीक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले मृत्यु भएको पुष्टि गरेका हुन् ।

उनको अवस्था सुरुदेखि नै गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको छाया पोलिकिल्निकमा उपचार गर्दा निको नभए पछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परिक्षणमा कोरोना संक्रमण देखीएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । नेपालमा यो सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

स्मरण रहोस् यस अघि दुई पटक उनको मृत्युको खबर सार्वजनिक भएको थियो । पहिलोपटक सामाजिक सन्जालमा र दोस्रोपटक भने विभिन्न संचार माध्यममा मृत्यु भएको खबर फैलियपछी अस्पतालले बिज्ञपति जारि गर्दै उपचाररत रहेकोे बताएको थियो ।


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।