ताजा अपडेट »

घटेन कोरोना संक्रमित थपिने दर, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)

बुधबार, ०७ जेठ २०७७, ०८ : ५६
8 Shares

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर अझै घटेको छैन् । हरेक दिन ८५ देखि ९५ हजार नयाँ संक्रमित थपिदैं आएका छन् भने ५ हजार बढिको मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टा अर्थात मंगलबार मात्रै ९४ हजार ८ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

सोमबार ८८ हजार ८ सय ५८, आइतबार ८२ हजार २ सय ५७, शनिबार ९५ हजार ५ सय ९९, शुक्रबार ९९ हजार ४ सय १, बिहीबार ९६ हजार ३ सय ४३, बुधबार ८८ हजार २ सय २१ जना संक्रमित थपिएका थिए । संक्रमण दर इटाली, स्पेन, जर्मनी, फ्रान्सलगायतका देशमा घट्दै गएको छ भने रुस, ब्राजिल, भारतलगायतका देशमा बढ्दै गएको छ । अमेरीकामा भने अहिले पनि दैनिक २० हजार भन्दा बढि संक्रमित थपि राखेका छन् । बेलायतमा दैनिक २ हजार संक्रमित भेटिने गरेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २० हजार २ सय ८९ जना संक्रमित भएका छन् भने १ हजार ५ सय ५२ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा १५ लाख २७ हजार ८ सय ९५ हजार संक्रमित भएका छन् भने ९१ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा मंगलबार एकै दिनमा १६ हजार ५ सय १७ मा संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ३० जनाको मृत्यु भएको छ । अहिलेसम्म यहाँ २ लाख ७१ हजार ८ सय ८५ जना संक्रमित भएका छन् भने १७ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । रुसीयामा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ६३ जना संक्रमित थपिएका छन् भने २ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म २ लाख ९९ हजार ९ सय ९४ जना संक्रमित भएका छन् भने २ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।

भारतमा मंगलबार मात्रै ६ हजार १ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ४६ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ६ हजार ४ सय ७५ जना संक्रमित भएका छन् भने ३ हजार ३ सय २ जनाको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १२ जना संक्रमित थपिँदा ५ सय ४५ जनाको मृत्यु भएको छ । २ लाख ५० हजार १ सय ३८ जना संक्रमित भएका छन् भने ३५ हजार ४ सय २२ जनाको मृत्यु भएको छ । यस्तै कोरोनाबाट अति प्रभावित भएका स्पेन, इटाली, जर्मनी, फ्रान्सलगायतका देशमा भने नयाँ संक्रमण दर थोरै घटेको छ । यी देशमा अहिले दैनिक ५ देखि ८ सय संक्रमित थपिने गरेका छन् । ताकी एक महिना अगाडी दैनिक २ हजार बढि संक्रमित थपिने गरेका थिए । २ सय १३ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म ४८ लाख ९७ हजार ४ सय ९२ जना संक्रमित भएका छन् भने ३ लाख २३ हजार २ सय ८५ जनाको मृत्यु भएको छ । १६ लाख ८८ हजार ५ सय ६४ जना कोरोना निको भएर घर फर्किएका छन् । -एजेन्सी/नेपाल समय

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।