ताजा अपडेट »

कोरोना भाइरस भर्सेस मानवीय व्यवहार

मंगलबार, ०६ जेठ २०७७, २१ : ३०
4 Shares

कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला मानवतालाई नै चूनौती दिएको छ । २१औं शाताब्दीमा विश्व एक समाज भइरहेको अवस्थामा ,सामाजिक एकता र सहकार्यको महत्व बढेको समयमा सामाजिक दूरी राख्नुपर्ने बाध्यता बनाएको छ । मानिसले मानिसलाई गर्ने व्यवहार मानवीय भन्दा अमानीय देखिएको छ । संकटमा संक्रमणबाट बच्नको लागि सामाजिक दूरी आवश्यकता हो । तर,यसले भावनात्मक दूरी बढाउनुु कदापि रामे होइन । मानिसाद्वरा मानिसलाई गरिने ब्यवहार नै मानवीय ब्यवहार हो । झट्ट सुन्दा ब्यवहार एउटा सजिलो शब्द हो । तर, दैनिक जीवनमा यसको महत्व र प्रयोग ठूलो हुन्छ । कसैले कसैलाई गरिने क्रियाकलापको संयोजन नै मानव ब्यवहार हो । मानवीय ब्यवहार वा मानवीय शिक्षा सिक्न कुने योग्यता र शिक्षा हासिल गर्नै पर्छ भन्ने हुुँदैन जुन परिवार र समाजबाट सिकिन्छ।

विश्वमा धेरै धर्महरु रहेका छन् र सबै धर्मको सार भनेको एक ब्यक्तिले अर्को ब्यक्तिलाई गरिने ब्यवहार,माया,सहयोग,सद्भाव,सम्मान हो । कुनैपनि धर्मसँग कुरा जोडिँदा मानवीय ब्यवहार राम्रो गर्नुपर्ने बुझिन्छ । तर, संसारलाई कोरोनाले खलबलाई रहेको वर्तमान अवस्थामा एक ब्यक्तिले अर्को ब्यक्तिलाई गर्ने ब्यवहार अर्थात् मानवीय ब्यवहारमा परिवर्तन आउन थालेको देख्न बुझ्न सकिन्छ । कोरोना खासगरी संक्रमित ब्यक्तिसँग छुँदा,स्वास–प्रस्वासबाट फैलने रोग हो जसको उपचार विश्वमा हालसम्म पत्ता लाग्न सकेको छैन । सबैमा डर,त्रास त्यहीँ छ कि अरुसँग छोइयो भने कोरोना सर्छ । सबै टाढा बस्नपर्ने बाध्यता । सबै जनमानसमा त्रास फौलिएको छ । कोरोनाको मुख्य लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, स्वास–प्रस्वासमा समस्या, ज्यान दुख्ने आदि ।

समय यस्तो भयो कि ती लक्षण देखिँदा नै त्यो ब्यक्ति छि –छि दुर–दुरको पात्र बन्न लाग्यो । मानवीय ब्यबहार धर्म, आस्था, विश्वासलाई कोरोनाले विस्थापित गर्दै क्षणिक राज गर्यो । शंका लाग्ने ब्यक्तिको नजिक बस्न नखोज्ने, वेवास्ता,बोल्न पनि नखोज्ने जस्तो देखिन्छ । मानवीय ब्यवहारलाई यो कस्तो चूूनौती । फेरी अर्कोतिर भनिन्छ, कोरोना संक्रमित ब्यक्तिलाई बढीमा बढी आत्मवलको आवश्यक पर्छ रोगसँग लड्ने क्षमताको विकास हुन्छ र कोरोना भाइरसलाई जित्न सकिन्छ । नेपालको परिपेक्षमा हेर्दा सहरका मानिस गाउँ र विदेशमा रहेका नेपाली नेपाल फर्कन जोड गरिरहेका छन् । सयौँ किलोमिटर रात–दिन पैदल हिडेर भोक प्याससँग लड्दै गाउँ आउँदै छन् । कसैको भोक प्यास मेटाउनु मानवीय ब्यवहार/धर्म हो । तर,आज बाध्यताले टुलु–टुलु हेर्नेको जमात देख्न सकिन्छ ।

अब ती नेपाली जो सहरबाट गाँउ र विदेशबाट मातृभूमि फर्कन चाहन्छन् । फर्कनु देशलाई खतरा नफर्कनु ज्यान प्यारो देश प्यारो, यो कस्तो बाध्यता जसले उच्च जोखिम मोलेर परिवार र देशलाई योगदान दिएका छन् । विश्वमा कोरोनाले मानिसको मृत्युु भइरहँदा शव(लास) समेत देख्न,बुझ्न र आफै दासंस्कार गर्न समेत नपाउने कस्तो विडम्बना हो यो । यो कस्तो समय अयो ? कोरोनासँ मावनसँगै मानवीय व्यवहार पनि पराजित हुँदैछ । तर,यसलाई समयको बाध्यता तत्कालको आवश्यकता मानवीय जीवनकै रक्षाका लागि भनेर सकारातमक रुपमा बुझ्न आवश्यकता छ । विज्ञान/प्रविधि तथा सञ्चार/सूचनाले विश्व एउटा गाउँ सावित भइरहेको २१औं शाताब्दीमा कोरोना अभिशाप बनेको छ । एउटै परिवारका सदस्यबीच पनि दूरी कायम गर्नुपर्ने बाध्यता छ । संक्रमण निराकरणको लागि यो नै उत्तम उपाय हो । तर, कामना गरौं,हाल गरिएको व्यबहार र दूरी संक्रमण टार्नका लागि मात्रै रहोस् । यस पश्चात पुनः पुरानै सकारात्मक र मानवीय व्यवहारमा अझै मानवताको विकास होस्

तसर्थ शारीरिक दूरी कायम गरौं , समाजका मानिससँग टाढा रहेर सामाजिक दूूरी पनि कायम गरौं । तर,सामाजिक भावना,सहयोग,मानवीय व्यवहार नभुलौं । यो संक्रमण ढिलो–चाँडो टर्छ भन्ने विस्वासका साथ आफू सुरक्षित रहौं । र, अरुलाई पनि सहयोग गरौं । सुरक्षित रहेन बहाना र सतर्कतामा मानवता नभुली सतर्कताका साथ सक्दो सहयोग पनि गरौं । शंकाकै आधारमा घृणा नगरौं ,गरिब–विपन्नलाई त्यस माथिकाले सहयोग गरौं । शंका लागेमा चेक–जाँच गर्न प्रेरित गरौं । दूरी कायम राखेर माया सद्भाव, सहयोग, सकरात्मक कुराहरुमा जोड दिने सबैले मास्क, सेनिटाइजरको प्रयोग गर्ने खानपान र सरसफाईमा विशेष ध्यान दिने गरौं । ‘सर्प मरोस् तर, लठ्ठी नभाँचियोस्’ भनेजस्तै कोरोना मरोस् मानवता जिवित रहोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।