ताजा अपडेट »

आइसोलेसनमा मृत्यु भएका रोल्पाका युवाको रिपोर्ट 'नेगेटिभ'

मंगलबार, ०६ जेठ २०७७, २१ : ३०
4 Shares


रोल्पा । रोल्पामा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा सोमवार बेलुकी मृत्यु भएका रोल्पाका युवाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मंगलबार गरिएको पिसिआर परीक्षणमा रोल्पाका युवासहित प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पातल, स्वास्थ्य कार्यालय दाङलगायत दाङका स्थानीयतहका क्वारेन्टाईनबाट संकलण गरिएको स्वाब, प्यूठान जिल्लाबाट आएको स्वाब परिक्षण गर्दा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए ।

हालसम्म प्रतिष्ठानमा ७१७ नमुना संकलन गरिएको, ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ । ती मध्य ६८३ रिपोर्ट नेगेटिभ आएको र २ जनाको पोजेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ । मंगलबार प्रतिष्ठानमा ३२ वटा स्वाब परिक्षण प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।