ताजा अपडेट »

अब पैसा तिरेर कोरोना परीक्षण गर्न सकिने

मंगलबार, ०६ जेठ २०७७, १९ : ४१
6 Shares

बुटवल । अब कोरोना भाइरसको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता पनि राख्नुपर्ने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।