May 18, 2022
बुटवल । बुटवलमै केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आप्mना सम्पूूर्ण कर्मचारीहरुको कोरोना भाइरस महामारी विरुद्धको बिमा गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै बैंकमा काम गर्ने हरेक कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै कोरोना बिमा गरेको बैंकले जनाएको छ ।
यस किसिमको विमासँगै बैंकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएमा इन्स्योरेस कम्पनीले तोके बमोजिमको रकम क्षतिपूूर्ती उपलब्ध गराउने छ । हाल बैंकले आफ्ना ५४ कार्यालयहरु मार्फत सेवा दिएको बताएको छ ।
प्रतिकृया दिनुहोस्