ताजा अपडेट »

लक्ष्मीनगरमा लक्ष्मी युथ क्लब

मंगलबार, ०६ जेठ २०७७, १८ : ३८
6 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका- ४ लक्ष्मीनगरमा रहेका युवाहरुले नयाँ क्लब गठन गरेका छन । लक्ष्मीनगरको विकासको लागि लक्ष्मीनगरमै रहेका युवाहरु एकजुट भइ लक्ष्मी युथ क्लबको गठन गरेका हुन् । बुटवल उपमहानगरपालिका- ४ वडा कार्यालय संरक्षक रहने गरी क्लबको गठन गरिएको हो ।लक्ष्मीनगरबासीका युवा तथा व्यवसायी रामकुमार श्रेष्ठ अध्यक्ष, पुकार थापा उपाध्यक्ष इश्वरलाल चुके सचिव, नविन थापा सहसचिव, अमृतकुमार थापा कोषाध्यक्ष, सदस्यहरु रबिन कुमार श्रेष्ठ र प्रमित थापा रहने गरी ७ सदस्यीय कार्यसमिती गठन गरिएको हो ।

यस्तै क्लबको वरिष्ठ सल्लाहकारमा वडा नं ४ का वडा अध्यक्ष टंक पराजुली रहने गरि ४ जना सल्लाहकार मनोनयन गरिएको क्लबका अध्यक्ष राम कुमार श्रेष्ठले बताए । जसमा गिर बहादुर केसी, बावुराम ढकाल, खेम श्रीस र सुरेश नेपाल रहेका रहेका छन् । त्यस्तै प्रेस सल्लाहकारमा दिनेशकुमार श्रेष्ठलाइ प्रस्ताव गरिएको अध्यक्ष श्रेष्ठले बताए । लकडाउनको पूर्ण पालना गर्दै क्लब गठन कार्यक्रममा २० जना युवाहरु मात्रै सहभागी भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।