May 20, 2022
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा अवस्थित क्रिमसन अस्पताल सिल भएपछि अस्पतालमा उपचाररत १७ वर्षिय गृगौला पीडित किशोरीको उपचार रोकिएको छ भने उनीसँगै परिवार अल्पत्र परेका छन् । अस्पतालमा उपचारका लागि आएका एक विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले अस्पताललाई सोमबार सिल गरेको थियो ।
अस्पताल सिल भएपछि सबै विरामीहरुलाई घर पठाइएको अस्पतालका निर्देशक शेखर पोखरेलले बताए । रुपन्देहीको गैडहवा७ कि किशोरीको दुबै मृगौला फेल भएपछि गत बैशाख २८ गते अस्पताल भर्ना गरी डायलासिस हुँदै आएको किशोरीको मंगलबार छैठौं पटक डायलासिस हुने भनिएपनि अस्पतालले घर पठाएपछि अन्यौलमा परेको किशोरीका दाजु सुशिल केवटले दुखेसो पोखे ।
एक दिन बिराएर नियमित डायलासिस नगराएको अवस्थामा स्वास्थ्य अवस्था थप जटिल बन्ने भो, अब कहाँ गएर उपचार गर्ने अस्पतालले छिटो अस्पतालबाट बिरामी लैजान दबाब दिएपछि विरामीलाई डिस्चार्ज गरिएको छ । किशोरीका दाजु केवटले भने । अस्पतालमा उपचारका लागि आएका गुल्मीका ४१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत २५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी र ३ जना संक्रमितका आफन्तको स्वाब संकलन गरि पिसिआर टेष्टको लागि पठाइएको अस्पतालले जनाएको छ ।
मृगौला पिडित विरामीलाई अन्य अस्पतालमा रिफर नगरेर घर पठाएपछि उनको परिवारले कहाँ गएर उपचार गर्ने हो अन्यौलमा रहेको गुनासो व्यक्त गरे । अस्पतालले नै मंगलबार बिरामीको डायलासिस गरी रिपोर्ट अनुसार थप उपचारका लागि अगाडि बढ्ने सल्लाह गरेको थियो । गुनासो व्ययक्त गर्दै किशोरीका दाजु केवटले भने बिरामीलाई घरमा लगेर हामीले के गर्ने ?
प्रतिकृया दिनुहोस्