ताजा अपडेट »

कोरोना संक्रमित भेटिएपछि गुल्मीको जिल्ला अस्पतालको ओपिडि सेवा बन्द

मंगलबार, ०६ जेठ २०७७, १७ : १५
4 Shares

गुुल्मी । कोरोना संक्रमित बिरामी फेला परेपछि २ दिनलाई गुल्मी अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले कोराना संक्रमितको गाउँपालिकामा चेक जाँचलाई बढाउनु पर्ने भएकाले जेठ ६ र ७ गते गुल्मी अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेले बताए ।

कोरोना संक्रमित जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–६ का ४१ वर्षिया रहेका छन् । मदाने गाउँपालिकाको क्षेत्रलाई जेठ ५ गते साँझदेखि अर्को सूचना जारी नभएसम्मको लागी पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको पाण्डेले बताए । संक्रमित बिरामी फेलापरेसँगै उनिसँगै निजिकिएकाहरु सबैलाई पहिचाहन गरि आरडिटी र पिसिआर परिक्षण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । बैठकले तत्काल पिसिआर को भिटिएम उपलब्ध गराउनको लागि प्रदेश नम्बर ५ सरकारसँग अनुरोध गर्ने, जिल्लामा कायम रहेको सिललाई जेठ ६ गते मध्यरातसम्म कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

तोकिएको एरिया सिल गरेको समयमा आवत जावत गर्नेलाई आबश्यकताअनुसार नियन्त्रणमा लिई कानूनी कारवाही अगाडी बढाउने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पाण्डेयले बताए । संक्रमित व्यक्ति गुल्मी जिल्लामा कोरोना पोजिटिभ देखिने पहिलो व्यक्ति हुन् । उनि शिक्षक रहेको बताइएको छ । उनलाई कसरी कोरोना भाइरस सरेको भन्ने खुलेको छैन् । उनिसँग धेरै व्यक्तिहरु सम्पर्कमा रहेकाले सबैको तत्कालै पहिचाहन गरेर चेकजाँचलाई अगाडी बढाइने अधिकृत पाण्डेयले बताए ।

कसरी पुगे बुटवल

गुल्मीका कोरोना संक्रमित स्वासप्रश्वासमा समस्या भएपछि अर्घाखाँची हुँदै बुटवलमा पुगेको खुल्नमा आएको छ । संक्रमित व्यक्ति स्वासप्रश्वासमा समस्या भएपछि जेठ १ गते अर्घाखाँची हुदै बुटवलमा लगिएको थियो ।

अर्घाखाँचीमा निजि मेडिकलमा चेकजाच गराएपछि थप उपचारको लागि बुटवलमा लगिएको थियो । बुटवल स्थित क्रिमसन अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । स्वासप्रश्वाससँगै उच्च ज्वरो आएका सो व्यक्तिको जेठ २ गते स्वाब संकलन गरेर परिक्षणको लागि भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोशालामा पठाइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।