ताजा अपडेट »

नेपालमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो

मंगलबार, ०६ जेठ २०७७, १६ : ३६
10 Shares

बुटवल । नेपालमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै  झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोना भाइरसको संक्रमण ३८ जिल्लामा पुगेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।