ताजा अपडेट »

कोरोना संक्रमणबारे जान्नै पर्ने तथ्यहरु

मंगलबार, ०६ जेठ २०७७, १४ : २५
20 Shares

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु |
.
- अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन | पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दुध आदिबाट शिशुलाई कोरोना सर्दैन | कोरोना स्वाश्प्रश्वास भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ | तर सबैलाई सर्दैन | नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो |

- अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन | कोरोना भाइरस स्वाश्प्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे / झिंगाको टोकाइबाट सर्दैन |

- खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ | कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ |

- स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ |

- मास्क सहि तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ | त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पून : प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ |

- संक्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन | कोरोना भाइरस सर्नको लागि १००० – ३००० भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आबश्यक हुन्छ | यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ | अन्यथा छोंटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन |

- कोरोना भाइरस हावाबाट सर्दैन | ६ फिटको दुरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ | हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्यु गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ |

- कमन सौचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ | यो जोखिमबाट बचनको लागि सौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ | साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ | त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ |

- चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान ( पंखा ) वा एसिले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ | अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ | तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ | संक्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन |

- धेरै सुचना लिएर कोरोनाबाट बच्न सकिंदैन | धेरै मेडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ | तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ | टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ | जसले थप तनाब उत्पन्न हुन्छ |

- कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ | त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ |

- एकजना व्यक्तिले औसत ३ जनालाई संक्रमण सार्न सक्छ | कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो | १-२ जनलाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन | एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन | कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ | त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ |

- बालबालिका जोखिम बर्गमा पर्दैनन् | तर उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन |

- कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन | हाल लक्षणविहिन कोरोना संक्रमण धेरै देखिएको छ | त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ |

- कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा बस्नुपर्छ भन्ने अनिबार्य छैन | अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिन्छ | आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसंग दुरी कायम गर्दा ८५ % संक्रमितलाई निको हुन्छ | लक्षणहरु देखिएमा तथा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ |

- कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन | ८५ % संक्रमितमा सामान्य लक्षण देखिएर आफै निको हुन्छ | मुटुको रोग, किड्नीको रोग, फोक्सोको रोग, अटोइम्युन डिस्अर्डर, क्यान्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ | मृत्युदर जम्मा ३ % हुन्छ |

- कोरोना भाइरस अत्यन्तै घातक भाइरस हैन | सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रोगभन्दा यो निकै कम घातक छ |

- संक्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाध्य पदार्थ २-३ महिनाको स्टोर गर्ने, तरकारी फलफुल हप्ताको एकपटक किन्ने, दुध २ दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ |

- कोरोना भाइरस मार्नको लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा खतरा हुन्छ | तसर्थ सरसफाई, सामाजिक दुरी र बाहिर एकदम कम समय जाने जस्ता सुरक्षित अभ्यासले कोरोना संक्रमणबाट बच्न सकिन्छ |

- हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भाइरस लामो समय रहँदैन | साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भाइरस निस्क्रिय हुन्छ |

- नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा PCR Test गरेर प्रसव गराएको भए आइसीयुमा राखेर बचाउन सकिन्थ्यो | दोस्रो केसको हकमा पनि सुरुमा test गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल / सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो |

- संक्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्ने अवस्था नभएमा हामीले बिभिन्न राष्ट्र तथा संस्थाबाट सहयोग पाउनेछौं | चीन लगायत धेरै देशमा कोरोना संक्रमण काबुभित्र आइसकेको छ | यो महामारीमा एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् |

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।