ताजा अपडेट »

सीडिओेको आदेशमा पत्रकारलाई निषेध गरिएपछि मन्त्री उपस्थित कार्यक्रम बहिष्कार

मंगलबार, ०६ जेठ २०७७, १४ : ०८
4 Shares

परासी । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा आज परासीस्थित रामग्राम नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा पत्रकारलाई प्रवेश गर्न दिएनन् । मन्त्री आउने सूचना पाएर विहान ९ बजे नगरपालिका पुगेका पत्रकारलाई गेटमा रहेका प्रहरीले पत्रकारलाई छिर्न नदिने आदेश भएकोले बाहिरै बस्नुस् भनी गेटबाटै फर्काएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले मन्त्री आउने भन्दै पत्रकारलाई निमन्त्रणा गरेका थिए । कोरोना नियन्त्रणका लागि अग्रपक्तिमा रहेर समाचार सम्प्रेषण गर्दै आएका पत्रकारलाई उक्त कार्यक्रममा प्रवेश नदिईपछि पत्रकारहरुले उक्त कार्यक्रम बहिष्कार गरी फर्किएका थिए ।पत्रकारहरुले यस किसिमको कार्यको गम्भीर भ्रत्र्सना गर्दै निन्दनीय घटना भनेका छन् ।
रिर्पोटिङ्मा गएका पत्रकारलाई प्रवेशमा निषेध गरिएपछि उक्त कार्यक्रमको समाचार समेत सम्प्रेषण नगर्न अनुरोध गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष हरि शर्माले बताए ।

लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउन नसकेको भन्दै आरोप खेप्दै आएका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको यो आदेशलाई रहस्मय लिएको छ । कार्यक्रममा मन्त्रीसहित प्रदेशसभा सदस्य, जिसस प्रमुख, सातै स्थानीय तहका प्रमुख, सिडिओ, स्वास्थ्य कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, पृथ्वीचन्द्र अस्पतालका डा.मोहमम्द नुरुल होदा लगायतको सहभागिता रहेको बताईएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।