ताजा अपडेट »

ट्रम्पले डब्ल्यूएचओलाई दिए ३० दिने अल्टिमेटम

मंगलबार, ०६ जेठ २०७७, ११ : १९
10 Shares

वासिङ्टन डिसी । अमेरिकाकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई 'उल्लेखनिय सुधार'का लागि ३० दिने अल्टिमेटम दिएका छन् । यसअवधिमा डब्ल्यूएचओले आफ्नो माग पुरा नगरे संस्थालाई दिँदै आएको रकम सधैंका लागि बन्द गर्ने चेतावनी पनि दिएका हुन् ।

गेब्रियाससलाई लेखेका पत्र ट्विटरमार्फत् सार्वजनिक गर्दै ट्रम्पले भने, ‘डब्ल्यूएचओले गत वर्षको अन्त्यमा ऊहानबाट सुरु भएको भाइरसको संक्रमण फैलनुमा विश्वसनीय रिपोर्टलाई नजरअन्दाज गर्यो ।’ साथै, डब्ल्यूएचओले चीनको पक्ष लिएकोसमेत दोहोर्याएका छन् ।

उनले थपे, ‘यदि डब्ल्यूएचओले कुनै महत्वपूर्ण ठोस् सुधार गर्दैन भने अमेरिकाले अस्थायी रुपमा लगाएको प्रतिबन्धलाई स्थायी बनाउने छ र आफ्नो सदस्यताबारे पनि पुनर्विचार गर्नेछ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।