ताजा अपडेट »

रोल्पाको आइसोलेसन अस्पतालमा रहेका एक युवाको मृत्यु

मंगलबार, ०६ जेठ २०७७, ०८ : ४१
6 Shares

दाङ । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका-१ का २२ वर्षीय युवाको सोमबार मृत्यु भएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिइन् । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए ।

ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा. घर्तीले जानकारी दिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।