ताजा अपडेट »

तिलोत्तमा १७ मा नेकपाको सपथ

बुधबार, २२ फागुन २०७५, २१ : ५०


फागुन २२,
तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर १७ को नवगठित शाखा कमिटीको बुधबार सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । टोल कमिटी निर्माणमा जुटेको नेकपाले वडा नम्बर १७ मा कमिटीका सदस्यहरुलाई सपथग्रहण गराएको हो ।

पार्टीका प्रदेश कमिटी सदस्य एवम् जिल्ला कार्यदलका सदस्य गोपाल भट्टराईले सपथग्रहण गराएका हुन् ।सो अवसरमा बोल्दै भट्टराईले अहिले एकताको बिशेष परिस्थितिमा मनोनयन गरिएकोले जिम्मेवारी पुरा गर्न बिशेष जोड दिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य पुरन गुरूङ र तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए कमिटीका अध्यक्ष पशुपति बस्यालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा पार्टीका नगर सचिव लक्ष्मण खनाल, सदस्य लोकनाथ पाण्डे, ओम नारायण चौधरी, शाखा कमिटी सचिव एकदेव बस्याल लगायतले पनि बोलेका थिए । बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी र पार्टीका नेता भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।