ताजा अपडेट »

पाँचौ अर्ना दोहोरी गीत प्रतियोगिता : रौनक बढ्दै

बुधबार, २२ फागुन २०७५, २१ : २०
12 Shares

फागुन २२,
ग्लोबल आवाज बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिको आयोजना तथा जिल्ला कार्यसमिति रूपन्देहीको सहआयोजनामा आइतबारदेखि बुटवलमा जारी पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सव मा बुधबार ९ वटा टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

बुधबार भएको प्रतियोगितामा नगरकोट दोहोरी साँझका प्रकाश पराजुली र लोक तथा दोहोरीगीत प्रतिष्ठान रोल्पाको वीचमा भएको प्रतिस्पर्धामा नगरकोटमा प्रकाश पराजुली विजयी भएक छन् । यस्तै डालिमा दोहोरी साँझका राम परियार र नगरकोट दोहोरी साँझका प्रितम पोखरेलवीच भएको प्रतिस्पर्धामा नगरकोटकै प्रितम विजयी भएका छन् ।

त्यस्तै निरमाया दोहोरी साँझ काठमाण्डौकी कल्पना दाहाललाई हराउदै गोधुली दोहोरी साँझकी आरती रुचाल अघिल्लो चरणमा प्रवेश गरेकी छिन् । जुनकीरी दोहोरी साँझका यज्ञ भट्टराईलाई हराउदै दोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका जीवन सिग्देल अघिल्लो चरणमा प्रवेश गरेका छन् । नवलपुर प्रतिष्ठानका सुरेन्द्र थापालाई हराउँदै धादिङ बेनीघाट नगरपालिकाकी अस्मिता विसी अघिल्लो चरणमा प्रवेश गरेकी छिन् । यस्तै किंग प्यालेसका रत्न श्रेष्ठलाई हराउदै नगरकोट दोहोरीकी डिला विक, प्रतिष्ठान बाग्लुंगकी तारा थापालाई हराउदै रोल्पा समाज काठमाण्डौमा भीम पौडेल,काठमाण्डौ दोहोरीका तेकराजलाई हराउदै नगरकोटकी टिका सानु र कपितवस्तु प्रतिष्ठानका विमला गैरेलाई हराउदै डालिमा दोहोरीकी देवी आले अघिल्लो चरणमा प्रवेश गरेको दोहोरी संयोजक प्रचण्ड जि.सीले बताए ।

प्रतियोगिताको फाइनल आगामी शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख बिस हजार, तृतीय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई ३५ हजार रूपैया पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट गायक गायिकालाई जनही १५ हजार रूपैया पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

सोमबार राष्ट्रिय कलाकार बद्री पंगेनी, पशुपति शर्मा, चन्द्र शर्मा, प्रिया भण्डारी, डान्सर प्रसिद्धी ढकाल, न्यू होराईजन स्कुल बुटवलका विद्यार्थी र छमछमी कला केन्द्र चन्द्रौटाको विशेष प्रस्तुती रहेको थियो । आइतबार देखि शुरु भएको यस प्रतियोगितामा हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहदै आएको सहआयोजक संस्थाका अध्यक्ष दीपक गरौजाले बताए । त्यस्तै प्रतियोगितामा दिनानुदिन प्रतियोगी कलाकारहरु छनौट हुँदै जाँदा दर्शकहरु भने बढ्दै गइरहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।