ताजा अपडेट »

लकडाउनमा रुपन्देहीका २८ जनाले गरे आत्महत्या

बुधबार, ३१ बैशाख २०७७, २० : ५४
14 Shares

बुटवल। कोरोना नियन्त्रणको लागि गरिएको लकडाउनको अवधीमा रुपन्देहीमा आत्महत्या गर्नेको सख्या २८ जना पुगेको छ । चैत ११ गते देखि वैशाख २७ गतेसम्म आत्महत्या गर्नेहरुको सख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आत्महत्या गर्नेहरुमा महिलाहरुको संख्या धेरै रहेको छ ।बन्दाबन्दी भएको ४७ दिनको अवधीमा १२ जना महिला, ६ जना बालिका, ५ जना बालक, ४ जना बृद्ध र १ जना पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खडक खत्रीले जानकारी दिए ।

धेरैजसो आत्महत्या हुनुको कारण मानसिक तनाव, कमजोर आर्थिक अवस्था र अवैध यौन सम्वन्धहरु भएको प्रहरी नायव उपरिक्षक खत्रीले बताए । महिलाहरुमा भने घरायसी कारणले बढि आत्महत्या हुने गरेको पाईन्छ ।प्राय आत्महत्याहरु झुन्डिएर र बिष सेवन गर्ने गरेर हुनेगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रेकडमा देखिन्छ । बन्दाबन्दीको अवधीमा ६ जनाले आत्महत्याको प्रयास गरेका छन् । जसमा महिलाहरुको सख्या ४ रहेको छ । आत्महत्याको प्रयास गर्नेहरुमा १ जना बालक र १ जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव निरिक्षक लक्ष्मण वि.क.ले जानकारी दिए ।

आर्थिक बर्ष २०७५/०७६ मा झुन्डिएर १२८ जना र विष सेवन बाट ६० जना गरि १८८ जनाले आत्महत्या गरेका छन् ।जसमा महिला ५८, पुरुष ५६, बालिका, १० र बालक ३ जना रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङकले देखिाउछ । आर्थिक बर्ष २०७५/०७६ मा २६ पुरुष, ३४ महिला र २ बालिका गरि ६२ जनाले आत्महत्याको प्रयास गरेका छन् । नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढेको छ । यसको विषयको सरकारी तहवाट अनुसन्धान गरि समाधानको बाटो खोज्नु पर्दछ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।