ताजा अपडेट »

शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाईराख्न यी ७ उपाय अपनाउन सकिन्छ

मंगलबार, ३० बैशाख २०७७, १५ : १३
4 Shares

शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने जनस्वास्थ्य तथा पोषणविद्ले बताएका छन्। सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार (इम्यूनिटी) अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरू औँल्याउँछन्।

कोरोना भाइरसविरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन्। स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको जातीय र आनुवंशिक गुण र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने उनीहरू बताउँछन्।

शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सकिने तर एकै दिनमा त्यसो गर्न भने सम्भव नहुने उनीहरूको भनाइ छ। शरीरको प्रतिरणा प्रणाली बलियो बनाउने यी सात उपाय अपनाउन सकिन्छ।

१) सन्तुलित र पोषणयुक्त आहार
२) नियमित शारीरिक अभ्यास
३) पर्याप्त विश्राम र निद्रा
४) धूमपान र मद्यपान नगर्ने
५) रचनात्मक बन्ने
६) उच्च मनोबल
७) रोग र खोप
- बीबसी नेपालीबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।