ताजा अपडेट »

चट्याङसहित हुरीबतासको मौसम सुरु

मंगलबार, २१ फागुन २०७५, १४ : १५
4 Shares

फागुन २१,

काठमाण्डौं । असिना पानी, चट्याङ र हुरीबतासको मौसम सुरु भएको छ । मौसमविद्का अनुसार यस वर्षको प्रि–मनसुन सुरु भएको हो ।

मार्चबाट सुरु भएको प्रि–मनसुन मेसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

उनका अनुसार यो अवधिमा असिना पानी, चट्याङ पर्ने तथा हुरीबतास चल्ने हुन्छ । यसमा स्थानीय वायुको प्रभाव बढी हुने उनले बताए ।

मौसमविद् प्रधानांगका अनुसार आज र भोलि भने मौसम सफा रहने देखिन्छ । त्यसपछि भने पुनः प्रविधिअनुसार अनुमान गर्नुपर्ने मौसमविदले जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।