ताजा अपडेट »

जीप दुर्घटना: एकको मृत्यु, १२ घाइते

मंगलबार, २१ फागुन २०७५, १३ : ३०
2 Shares


फागुन २१,

तनहुँ। तनहुँमा मंगलबार भएको जीप दुर्घटनामा एकको मृत्यु भएको छ भने  १२ यात्रु घाइते भएका छन् । रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।उक्त दुर्घटनामा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगरको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा चालक नरबहादुर घर्ती, जीप मालिक दलबहादुर सुनारी मगर, यात्रुहरु कुमार बस्याल, होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, देवीमाया थापा खुममाया थापा, बेलिसरा थापा मगर, मिरा थापा र लक्ष्मी पन्थ रहेको प्रहरीले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।