ताजा अपडेट »

नगर प्रमुखद्वारा क्लबलाई १ लाख ५ हजार, नगरपालिकाद्वारा थप १ लाख

मंगलबार, २१ फागुन २०७५, १० : ०७
8 Shares


फागुन २१,
कमल पौडेल

बाग्लुङ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले युवाहरुलाई समाज रुपान्तरणमा लाग्न आग्रह गर्नुभएको छ । शितल क्लव बडिगाड गाउँपालिका वडा नं. २, राक्सेले चौथो वार्षिकोत्सव तथा शिवरात्रि मेलाको अवसरमा आयोजित खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रमको समापन समारोहमा वोल्दै सो कुरा वताउनु भएको हो। युवाहरुलाई श्रमको सम्मान गर्न आग्रह गर्दै स्वदेशमै व्यावसाय संचालन गरि वस्न आग्रह गर्नुभएको छ।

बागलुङ जिल्लाको घोडावाँधे को धुरी देखि पश्चिमको क्षेत्र निकै पिछडिएको र पूर्वकै नेताहरुले शासन गरिरहेको आरोप लगाउँदै जिल्ला टुक्राउन नसक्नु दुर्भाग्य भएको वताउनु भएको छ। बडिगाडको तिर देखि ढोरपाटनको शिर सम्म समानुपातिक विकासको लागि आफूले निरन्तर प्रयत्न गरिरहेको वताउनु भएको छ। कार्यक्रममा क्वलको लागि ढोरपाटन नगरपालिकाको तर्फवाट १ लाख तथा व्यक्तिगत तर्फवाट १ लाख ५ हजारको अक्षयकोषको घोषणा गर्नुभएको छ।

आम दिन दुःखीको दिन नआएको भन्दै वामपन्थी सरकारले जनताको अनुहारमा हाँसो आउने गरि काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। अव उधारा कुरा गर्ने नेताको काम नभएको भन्दै नेताको मात्रै पछि नलाग्न र नगदमा हिसाव माग्न आग्रह गर्नुभएको छ।त्यस्तै नेपाल कम्यूनिष्ट पार्टि बागलुङका जिल्ला सदस्य राजिव घिमिरेले समृद्ध नेपाल र सुखि नेपाली अभियानमा लाग्न युवाहरुलाई आग्रह गर्नुभएको छ।


१६ गते देखि सुरु भएको कार्यक्रमको भलिवल प्रतियोगिता तर्फ इन्द्रेणी युवा परिवार बडिगाड गाउँपालिका १, दगा विजेता वन्दै ४० हजार हात पारेको छ। त्यस्तै दिभान्स होटल खर्वाङ उपविजेता हुँदै २५ हजारमा चित्त वुझाएको छ। भने कालिका फ्रेस हाउस शिसाखानीको समुह तृतिय भएको छ। त्यस्तै रेकर्ड नृत्य प्रतियोगितामा दगाको साँस्कृतिक समुह प्रथम, बडिगाड गायज राक्से द्धितिय तथा त्रिभुवन मावि भुवाचिदि तृतिय भएका छन्।


कार्यक्रममा संस्थाका संस्थापक, पूर्व अध्यक्ष, सहयोगदाता लगाएतलाई सम्मान गरिएको थियो।
कार्यक्रम क्लवका अध्यक्ष फारम थापाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष देव थापाको स्वागत मन्तव्य तथा उपाध्यक्ष काँसिराम वि.क. तथा सचिव दिपक घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियार, पुरन घर्ति, अनु राना मगर को प्रस्तुति तथा गंजागोलको हास्य प्रस्तुति ले भरपुर मनोरञ्जन दिएको थियो । समाज रुपान्तरणमा हाम्रो अभियान भन्ने नारा सहित २०६१ सालमा स्थापना भएको शितल परिवार हाल शितल क्लवमा रुपान्तरण हुँदै विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।