ताजा अपडेट »

महाशिवरात्रीको अवसरमा बोलबमधाममा विशेष कार्यक्रम

मंगलबार, २१ फागुन २०७५, ०९ : ४६
6 Shares


५ करोड लागतको योजना बनाउनु पर्दछ : पूर्व कोषाध्यक्ष,पशुपति विकास कोष


पशुपतिको झल्को दिनेगरी विकास गर्नेछौं :नगरप्रमुख कार्की



फागुन २१,
मञ्जु टण्डन
सैनामैना । स्वयम् उत्पत्तिमान नेपालकै चर्चित बोलबमधाम पर्रोहा पर्मेश्वर शिव ज्योर्तिलिङ्ग बोलबमधाममा महाशिवरात्रीको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शाताव्दीकै विशेष महाशिवरात्री परेको भन्दै धामले शिवरात्री विशेष रुपले मनाएको छ । त्रिदिवशिय शाताब्दी विशेष शिवरात्रीको अवसरमा धामले लघुु रुद्री , अखण्ड भजन लगाएत विशेष पूजा–आजाका साथ महाशिवरात्री तीन दिनसम्म मनाउँदैछ ।

कार्यक्रमकोआइतबार सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर के.सी.ले उद्घाटन गरेका हुन् । सोमबार शिवरात्रीको अवसरमा विहान दुई बजेदेखि नै शिव ज्योर्तिलिङ्गको दर्शन,जलार्पण र पूूजा–आजाका लागि श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो । विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै भक्तजनहरु आएको धामका महासचिव रामकृष्ण अधिकारीले जानकारी दिए । उनले भने‘यस वर्ष धेरै भक्तजनहरुको उपस्थिति रहयो । गुुरुहरुका अनुसार शाताब्दीमै पहिलो पटक शिवरात्री सोमबार परेको हुनाले यो दिन विशेष मानिएको छ । यस वर्ष सोमबार करिब २० हजार भक्तजनको सहभागिता रहेको छ ।’

त्यसैगरी शिवरात्रीकै अवसरमा धामले गत साउनमा आयोजना गरेको श्रावणी मेलामा विशेष भूमिका निर्वाह गर्ने र धामको विकासमा योगदान पुु¥याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ । सो सम्मान कार्यक्र धामका अध्यक्ष रामवली चौधरीको अध्यक्षता , नगर प्रमुख चित्र बहादुर के.सी.को प्रमुख आतिथ्यता र पशुपति विकास कोषका पूर्व कोषाध्यक्ष ज्ञान बहादुर हमालको विशिष्ट आतिथ्यतामा भएको थियो । सो अवसरमा बोल्दै पशुपति विकास कोषका पूर्व कोषाध्यक्ष हमालले बोलबमधाम धार्मिक आस्थाले निकै महत्वपूर्ण रहेको बताउँदै यसको विकासमा विशेष योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले करिब ५ करोड लागतको योजना बनाई धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने बताउँदै आफूले सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

सैनामैना नगरप्रमुुख कार्कीले हालसम्म स्थानीय सरकार कानून र पूर्वाधार निर्माणमा समय खर्चिनुु परेको बताउँदै अब विकास निर्माणमा गति लिएको बताए । उनले भने ‘ हामी अब नगरको विकाससँगै यस धामलाई पशुपतिको झल्को दिने मन्दिर बनाउने छौं ।’ धामका अध्यक्ष रामवली चौधरीले शाताव्दीकै एकमात्र विशेष महाशिवरात्री परेको हुँदा धामले विशेष कार्यक्रम आयोजना गरी मनाउन लागिएको बताए । उनले भने ‘हरेक वर्ष श्रावण पछि शिवरात्रीमा भक्तजनको विशेष भिड लाग्छ । यस वर्ष विगतका वर्षहरुमा भन्दा धेरै भक्तजनको आगमन भएको छ । हामीले धामको विकास र व्यवस्थपनमा थप सक्रियताका साथ अघि बढेका छौं ।’

कार्यक्रममा सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर के.सी., धाम सल्लाहकार समितिका संयोजक रामु भण्डारी ,धामका आर्थिक निर्देशक शालिकराम भण्डारी लगाएतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन धामका उपाध्यक्ष गोविन्द कंडेलले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।