ताजा अपडेट »

नारीको पिडा समेटिएको सुशिलाको ‘पाहुना’

आइतबार, १९ फागुन २०७५, २२ : ३९
6 Shares

फागुुन १९,

ग्लोबल आवाज
गुल्मी । जुन घर जन्मी छन् त्यहि घरमा छोरी पाहुना बन्छन् । छोरी आफ्नो जन्म घरमा पराई भएको एउटा बास्ताबिक कथा गीत मार्फत गायिकाले पोख्ने प्रयास गरेकी छन् । हालै सार्वजनिक भएको गायिका शुसिला गौतमको नयाँ गीतमा नारीहरुको यर्थात कहानीलाई समाबेश गरेकी छन् ।

लोक दोहोरी गीतको क्षेत्रमा उद्यमान गायिका गौतमले ‘पाहुना’ एकल गीत सार्बजनिक गरेकी छन् ।
उनले आफ्नो जन्म दिनको शुभ अवसरमा गौतमको छोरी चेलीको एउटा बस्ताबिक कहानीलाई पाहुना’ मार्फत बाहिर ल्याएकी छन् । जन्मीएको घरमा आफु पाहुना बन्नु पर्ने एउटा यर्थात कथा बस्तुमा गीत सार्बजनिक गरिएको गायिका गौतमले बताइन् ।


जन्म घरबाट बिवाह भएर अर्काको घरमा गएर आफनो घरलाई आफनो भन्नु पर्ने र जन्म घरमा पाहुना बन्नु पर्ने मुख्य कथा गीतमा रहेको गौतमले बताइन् । जन्म घरबाट बिदाभएपछि पराई घरमा गर्नु परेका दुःखलाई गीतमा समावेश गरिएको छ ।गीतमा खासगरी छोरी जन्म घरमा पाहुना बन्नु परेको र पराई घरमा दुःख कष्ट गर्नु परेको कथा बस्तु हरेको गायिका गौतमले बताइन् ।

जन्म घरका सबै पराई हुँदा गीत मार्फत आफ्नी आमासँग गरिएका बास्ताबिक भावहरु गीतमा पाउन सकिने गायिका गौतमले बताइन् । गायिका गौतमकै शब्द लय तथा स्वर रहेको एकल गीत मर्मस्पर्शी शब्द भाव रहेको छ । गीतमा गायिका गौतम र उनकी आफनी आमाको अभिनय रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।