ताजा अपडेट »

चैतमा प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सव

आइतबार, १९ फागुन २०७५, २२ : १०
8 Shares

   फागुन १९, 

गुल्मी । गुल्मीमा प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेला २०७५ हुने भएको छ । आइतवार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लामा रहेको चेम्बर अफ कर्मश गुल्मीले यहि आउदो चैत २२ गतेदेखि बैशाख २ गतेसम्म गर्ने निर्णय भएको जानकारी गराएको हो ।


जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने बताए ।
महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने गरि महोत्सवको आयोजना गरिएको उपाध्यक्ष हिमाल श्रेष्ठले बताए ।

महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रदर्शन गरिने भएको अध्यक्ष न्यौपानेले बताए ।


महोत्सवबाट आम्दानी भएको रकम मध्ये सामाजिक क्षेत्रमा खर्चिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए ।


जिल्ला कृषि, पर्यटन, धार्मिक स्थलहरुको उचित प्रचार प्रसार नभएकाले यसको प्रचार प्रसारगरि जिल्लाको पर्यटन र धार्मिक धरोहरलाई प्रबद्र्धन गर्नका निम्ति महोत्सवले टेवा पुराउने महासचिव भण्डारीले बताए । महोत्सब सम्पन्न गर्नका लागि जिल्ला वासी सबैसँग समन्वय गरेर अगाडी बढ्ने अध्यक्ष न्यौपानेले बताए । महोत्सव सम्पन्न गर्न केहि दिनमै बिभिन्न उप समितिहरुसँगै अन्य कामलाई बिभिन्न निकायसँग छलफल गरेर अगाडी बढ्ने अध्यक्ष न्यौपानेको भनाई छ । मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि आदा दर्जन सहयोगी संस्थाहरु रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।