ताजा अपडेट »

बिप्लव माओवादीका गुल्मी सेक्रेटरी पक्राउ

आइतबार, १९ फागुन २०७५, २२ : ०१
6 Shares


फागुन १९,
गुल्मी । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीका जिल्ला सेक्रटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाको सदरमुकाम तम्घासबाट आइतवार बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई पक्राउ गरेको हो ।

सामाजिक शान्ति सुरक्षमा खलबल पुराएको भन्दै प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रबता प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । सेक्रेटरी खड्कालाई जिल्ला प्रहरी कार्यायल गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक खड्काले बताए ।

संगठन सुदृढिकरण एवम् बिस्तार अभियानमा जुटेका आफ्ना सेक्रेटरीलाए बिना कारण गैरन्यायिक गिरफतार गरिएको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले रिहाइको माग गरेको छ । आइतवार बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीका इन्चार्ज पूर्णबहादुर सिंहले एक बिज्ञप्ती जार्दै बिनासर्त अबिलम्ब रिहाई गर्न माग गरेको उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।