ताजा अपडेट »

सैनामैना प्रिमियर लिग–२०७५ को अक्सन

आइतबार, १९ फागुन २०७५, २१ : २८
8 Shares


‘ क्रिक्रेटको माध्यमबाट सैनामैनालाई विश्व माझ चिनाउने छौ ’

                

फागुन १९,
सैनामैना । स्टार स्र्पोट क्लब लम्टैयाको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षणमा यही चैत्र २३ गते देखि सुरु हुने सैनामैना प्रिमियर लिग–२०७५ को अक्सन शनिबार सम्पन्न भएको छ । अक्सन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले उद्घाटनगरेका थिए । उद्घाटनमा बोल्दै नगर प्रमुख कार्कीले सैनामैना प्रिमियर लिगले क्रिक्रेट सिकिसकेका खेलाडीहरुको सीप परिस्कृत गर्न र क्रिक्रेटलाई अझ नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने विश्वस व्यक्त गरे ।
सैनामैना वडा नं. ७ मा रहेको लाम्टैया खेल मैदानको लागि नगरपालिका स्तरबाट बजेट विनियोजना गरि छिटै पिच निर्माण कार्य गर्ने बताउँदै उक्त लम्टैया खेलमैदानलाई गौतम बुद्ध अन्र्तराष्टिय क्रिक्रेट स्टेडिम नामाङ्कन गरी नेपाल सरकारबाट ३० लाख बजेट विनियोजन भइसकेकाले मैदानको डिपिआरको काम सुरु भएको बताए ।


उनले जबसम्म निजि क्षेत्र सिर्जनात्मक रुपमा आगाडी बढ्दैन तबसम्म देशको विकास निर्माण हँुदैन भन्दै विकासमा निजि क्षेत्रको सक्रियता आवश्यक रहेको बताए । कार्कीले देशको ऐन–कानुन निर्माणमा ढिलाई भएकाले स्थानीय निकायलाई काम गर्न समस्या भएको बताउँदै असार मसान्तसम्म काम गर्न मिल्ने वातावरण बन्ने बताए ।


उनले भने ‘अहिले पर्यटन क्षेत्रमा सबै भन्दा अर्कषण रुपमा खेल भएकाले खेल एउटा विदेशी मुद्र आर्जन गर्ने महत्वपूर्ण मध्यम बनेकाले खेललाई व्यवसायी खेलको रुपमा अभ्यास सूरु भएकाले खेलाडीहरुले अन्र्तराष्टिय स्तरसम्म नेपाललाई चिनाउन सफल भएको छ ।’ क्रिक्रेटप्रतिको मोह अहिले बालबालिकाहरुमा जगाएकाले निजि, सरकारी, अन्य सबै तहबाट व्यवस्थित रुपबाट अगाडी बढाए राम्रा खेलाडी उत्पादन हुने भन्दै उनले सैनामैना नगरपालिकालाई क्रिक्रेटको मध्यमबाट विश्व माझ चिनाउन सक्ने सम्भावना रहेको बताए ।


रुपन्देही क्रिक्रेट संघका कोषाध्यक्ष निरज प्रताप खाँण, नेपाली कांग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, सैनामैन वडा नं ६ का वार्ड अध्यक्ष बसन्त पाण्डे, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज ब. क्षेत्री सिसो सैनामैनाका अध्यक्ष पवन शर्मा, लिटिल बर्डस् स्कुलका प्रिन्सिपल राजेश सिग्देलले बोल्दै यो प्रतिायेगिताले स्थानीय स्तरका खेलाडीहरुको खेल क्षमता अभिवृद्धि भई आगामी दिनमा राष्ट्रिय स्तारका खेल खेल्न मदत पुग्ने भन्दै कार्यक्रमको सफलताको कामना गरेका थिए ।


प्रतियोगिताम सहभागी हुने ६ टिमका अनर, म्यानेजर, कोच, खेलाडीहरुको उपस्थितिमा भएको अक्सनमा ८४ जना खेलाडी बिक्री भएका छन् । अक्सनमा फर्ममा दर्ता गरेका ८८ जना खेलाडीहरु एस.पी. एल खेल्न कुनै पनि टिमले बोली लगाएनन् । सैनामैना भित्रका खेलाडीहरुलाई मात्र समावेश गराएर १७२ जना खेलाडीहरु अक्सनको मैदान उत्रेका थिए । जुन निम्नानुसार रहेका छन् :

सोरौली स्टार्स


टिम अनर उदय पन्थ र सरस श्रेष्ठ, टिम कोच अमृत परियार, टिम म्यानेजर नरेश रायमाझी , क्याप्टेन सरोज पौडेल, बसन्त खड्का, विकास वस्नेत, सुमन थापा मगर, खुम बहादुर कुमाल, समिर भुषाल, प्रशुरम पोख्रेल, विश्वास खत्री, विषाल थापा, सुवाष चौधरी, अर्जुन भट्टराई रहेका छन् ।


दुधरक्ष वारियर्स


टिम अनर मदन थापा, टिम कोच श्रवन भट्ट, टिम क्याप्टेन सुनिल पौडेल, टिम म्यानेजर लक्ष्मण ज्ञवाली, मनिष खात्री, दिपेन्द्र आर्यल, उदय पाण्डे, विवेक पन्थि, रञ्जित क्षेत्री, अजय श्रेष्ठ, अमर खनाल, अर्जुा पाण्डे, वसन्त वि.क, लक्ष्मण परियर, विषाल खत्री, विषाल राना, अशिष कुंवर, अभिषेक न्यौपाने, शिव भण्डारी रहेका छन् ।


द रिभाइवलियन


टिम अनर पवन शर्मा (कृष्ण) टिम कोच सन्तोष श्रेष्ठ, टिम टिम क्याप्टेन विषल भुषाल, म्यानेजर सुनिल पोख्रेल, सुनिल छन्त्याल, रोहित आर्यल , किरण तिवारी, रमेश पाण्डे, रिजन शाही, विमाल पन्थ, प्रविन थापा, दिपेश अधिकारी, विजय सेती, व्रिजेश वि.क, दिप्सन नेपाली , मदन यादव र विधान न्यौपाने रहेका छन् ।


सुनगाभा च्याम्प


टिम अनर तिलब केसी, टिम कोच लिल बहादुर थापा, टिम क्याप्टेन विक्रम गौतम, टिम म्यानेजर हरि पोख्रेल, सुशिल सपकोटा, सुजल सुनार, अंकित परियार, चिन्त प्रसाद कुंवर, सित्तल वस्याल, सुमन पन्थ सिसन् सुनार, रोशन सप्तरी, केशव खप्तरी, शेष दत्त थारु, विकल के.सी, समिर क्षेत्री, सुमित थापा, सिमल भट्टराई रहेका छन् ।


आर.टी ग्रूरुप झारबैरा


टिम अनर विषाल गौतम, टिम कोच प्रेम न्यौपाने, टिम क्याप्टेन विष्णु बहादुर फौजदार, टिम म्यानेजर विष्णु प्रसाद शर्मा, प्रदिप भण्डारी, प्रकाश क्षेत्री, जिवन खत्री, अर्जुन थारु, विष्णु पुरी, शिव नाथ बराई, दिपेन्द्र रेश्मि मगर, हिमाल खत्री, शुभम भण्डारी, सन्दिप थापा, धर्मराज चौहन, विषल फौजदर, अकाश जि.सी, कमल न्यौपाने, र संजय ज्ञवाली रहेका छन् ।


सैनामैना नाइट राइडर्स


टिम अनर संन्दिप भट्टराई र नारायण घिमिरे, टिम कोच योगराज खनाल, टिम क्याप्टेन विष्णु सपकोटा, टिम म्यानेजर सुरेश शर्मा, टंक कंडेल, निराज खनाल, टिकाराम क्षेत्री, विषल के.सी आस्मीत ज्ञवाली, सुरज थापा, विश्व गौतम, सन्तोष शही, लक्ष्मण फौजा मगर, रोशन पाण्डे, गोपल शर्मा, थम बहादुर खप्तरी रहेका छन् ।


प्रतियोगिता दुई पोलमा विभाजन गरि खेलाइने छ ।प्रतियोगिताको पोल ‘ए’ मा सुनगाभा च्याम्प, दुधरक्ष वारिर्यस र आर.टी ग्रूरुप झारवैरा रहेका छन भने पोल ‘वि’ मा द रिभाइवलियन, सोरौली स्र्टास् र सैनामैना नाइटराइर्डस रहेका छन् । प्रतियोगितामा प्वाइन्ट र रनरेटको आधारमा दुबै पोलका टप दुई दुई टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् ।


प्रतियोगितामा विजेता हुने टिमले नगद एकाउन्न हजार (५१,०००) पाउने छन् भने उपविजेता टिमले नगद एक्काइस हजार (२१,०००) सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।उक्त क्रिक्रट प्रतियोगिता आगामी चैत्र २३ गते देखि २९ गते सम्म सैनामैना नगरपालिका वडा नंं. ७ मा अवस्थित लम्टैय खेल मैदानमा खेल हुनेछ ।


सैनामैना क्षेत्र भित्रका खेलकुदको विकास र विस्तार गर्ने र खेलमा गाउँदेखि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा क्रिक्रेट खेलाडीहरुको सहभागिता वृद्धि गर्ने गरि खेलकुदको मध्यमबाट सर्वसाधारण जनताको शारीरिक, मानसिक विकास गरि राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको सैनामैना प्रिमियर लिगका सि.इ.ओ कृष्ण भण्डारीले जानकारी दिए ।


कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख अतिथ्यता स्टार स्र्पोट क्लब लम्टैयका अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षता तथा एस. पी.एलका प्रविधिक प्रमुख कृष्ण ज्ञवालीको सञ्चालन तथा अक्सन कार्यक्रम सैनामैना प्रिमियर लिगका सि.इ.ओ कृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।