ताजा अपडेट »

फेवातालमा प्याराग्लाइडिङ :प्याराग्लाइडरको मृत्यु

आइतबार, १९ फागुन २०७५, १३ : ४२
8 Shares


फागुन १९,

पोखरा । फेवा तालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।सारङकोटबाट उडेका रूमानीयाका नागरिक ४० वर्षीय इडिकको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाइ अस्पताल पुर्‍याएको थियो । प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।