ताजा अपडेट »

तिनाउ गाउँपालिकाको चौथो साधारण सभा सुरु

विहीबार, २६ पुस २०७५, १५ : २२
4 Shares

सरकारले नागरिकहरुको अपेक्षा अनुसार काम गर्नुपर्नेमा जोड

पुष २६,

दोभान । पाल्पा जिल्लाको दक्षिण पश्चिममा पर्ने तिनाउ गाउँपालिकाको चौथो साधारण सभाको एक कार्यक्रमका बीच नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश सभाका सदस्य माननीय वसन्त घर्तिमगरले विहिवार दोभानमा उद्घाटन गरेका छन् । सभाको उद्घाटन गर्दै माननीय घर्तिमगरले आम नागरिकले खोजेको र रोजेको संघीय गणतान्त्रिक व्यवस्थालाई टिकाइ राख्नका निम्ति नागरिकहरुको अपेक्षा अनुसार तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिदैं तिनाउ गाउँपालिका सबैको नजरमा रहेको हुँदा यो स्थानीय सरकारले नागरिकको आशालाई मार्न नहुने बताए ।
सोही कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति,पाल्पाकी सदस्य इन्द्रा चिदीले तिनाउ गाउँपालिकाले बनाएको नीति,योजना र कार्यक्रमलाई जिल्ला समन्वय समितिले अत्यन्तै महत्वका साथ हेरेको र सबैले तारिफ गर्ने खालको कार्यक्रम सम्पन्न गरेकोमा बधाई समेत दिएकी छन् ।

सो साधारण सभामा तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले तिनाउ गाउँपालिकाको हिउँदे अधिवेशनका अवसरमा केही ऐनहरु पेश गरिने,स्थानीय सरकारका नीति,योजना तथा कार्यक्रमका बारे तयार पारिएको प्रतिवेदन समेत पेश गरेका थिए । उनले आफ्नो नीति तथा कार्यक्रम गाउँपालिकाकालाई सुहाउँदो भएको र स्थानीय साधन र स्रोत परिचालन गरेर सम्पन्न गर्न सकिने खालको रहेको बताए ।


उक्त सभामा नेकपा तिनाउ गाउँ कमिटीका सचिव दलबहादुर गुरुङले तिनाउ गाउँपालिकाले दूरदृष्टिका साथ आफ्नो पालिकालाई कस्तो बनाउने भन्ने भीजन तयार पार्दै सबै राजनीतिक पार्टीहरुको बीच समन्वय र सहकार्य गर्नका निम्ति अन्तरपार्टी समन्वय समिति गठन,स्थानीय स्तरको लगानी बोर्ड गठन र स्थानीय भाषा,साहित्य,कला र संस्कृति संरक्षणका निम्ति ऐन बनाउनु पर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा नेपाली काँग्रेस तिनाउ पार्टी समितिका सभापति लालबहादुर थापाले तिनाउ गाउँपालिकाले बनाएको योजना प्रशंसनीय भएता पनि कार्यान्वयन पक्षलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन् । यसै गरी कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता जगबहादुर क्षेत्री,राप्रपाका नेता लक्ष्मीप्रसाद बस्याल,युवा समन्वय समितिका अध्यक्ष प्रेम श्रेष्ठ,महिला समन्वय समितिकी अध्यक्ष दुर्गा भण्डारी,जनजाति समन्वय समितिका अध्यक्ष रेवन्त छहरी,दलित समन्वय समितिका अध्यक्ष मोन बहादुर विक,इन्द्रेणी समाजका लक्ष्मीनाथ,स्थानीय बुद्धिजीविहरु महेन्द्र पाण्डेय,लक्ष्मण थापा,चक्रव्यूह थापा लगायतले चौथो साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले स्वागत र कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।