ताजा अपडेट »

संकटले तुुहाएको गरिब झुपेको सपना

सोमबार, ०८ बैशाख २०७७, १६ : ०३
4 Shares


संस्कृतमा एउटा पंत्ति वा भनाई छ जननी जन्मभूमिश्च स्वर्गदापि गरियसी । अर्थात् आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ । यसरी नै हरेक व्यक्तिलाई जन्मदिन आमा संसारकै पहिलो र प्यारो हुन्छ त्यसरी बढी माया आफूू जन्मेको देश तथा क्षेत्रको हुुन्छ । संसारको जुनसुकै कुनामा सुुख,विलासितामा वा दुुःखमा हुँदा होस् आफ्नै जन्मभूमिको याद हुन्छ । यस्तै अहिलेको संकटमा जन्मभूमि आफ्नो घर पुुगेको एउटा युवा । महिनाले बैशाख सिरसिरे मन्द हावा चलिरहेको छ । बाँसको खटियामा एउटा च्यादर ओडेर उत्तानो परेर झुपे सुतिरहेको छ । खटियाबाट आकाशमा टिलपिल तारा चम्किएका छन् । तर,ताराहरुलाई ढाक्दै ढाक्दै बादल बहदैछ हेर्दाहेर्दे एककोहोरो हुन्छ टोलाउँछ आनो जिन्दगी सम्झेर । उमेरले भर्खर १८ वर्ष पुग्दै गरेको झुपे गरिबीको चपेटामा रुमलिएको नेपाली युवा हो ।

बाबुुआमा ज्यालादारीमा काम गरी साँझबिहान जनतन जिन्दगी गुर्जाछन् । सन्तानलाई अक्षर सिकाउने कोशिसले पाएसम्म बढी काम गर्न खोज्छन् । त्यस्तै गर्दा झुपेको बाबु एकदिन खर काट्ने क्रममा भिरबाट लडेर चोटपटक साथै मानसिक बिरामी भई ओछ्यानमा पल्टिरहन्छन्,आमा मेलापात गरेर परिवार पाल्न हम्मेहम्मे परिरहेको हुन्छ । झपे भर्खर १० कक्षा पास गरेको हुन्छ गाँउमा उच्च शिक्षा लिने विद्यालय हुँदैन र शहर जान उसको आर्थिक अवस्थाले भ्याउँदैन । परिवारको स्थिति र आनो दायित्व सम्झेर घरमा आमाबा को दुःख र भविष्यको सुख सम्झेर उसले बाहिर जाने सोँच गराँउछ र तल्लाघरे राजु दाईको घरमा गएर आँफूलाई पनि दिल्ली गई नोकरी लगाईदिने आग्रह गर्दछ (राजु दाई भारत गई काम गरेर आनो परिवार पाल्ने एक छिमेकी हुन् ) ।

त्यतिकैमा राजुदाइले कुरा सक्न नपाँउदै भन्छन् हेर झुपे,उमेरले सानै छस् आमा बा घरको यादले आत्तिन्छस् होला काम गर्न पनि कठिन छ र साहुको गालि सहनपनि सक्नुपर्छ । म पनि पर्सी जाँदैछु ठीक छ राम्ररी सोँच घर सल्लाह गर के भन्छन् ,जाने भए पर्सी हिँड मैले सक्ने सहयोग गरुला । झुपे घर जान्छ साँझ आमालाई सोध्छ ,आमाले जानेकुरा मान्दिनन् । ‘छोरा यो खरको हाम्रो दरबारको खाँवो ( पिलर ) भनेको त नै हो बाउको यो हालत छ । घरमा बसेर भाईबहिनीको ख्याल गरिस भने म काम गरेर मिठो मसिनो खादै गुजारा गरौला त पनि टाढा गएपछि म कसरी सकुला र घर चलाउन अझ तलाई केही भयो भने ? आँखामा पिलपिल आँशु झार्दै उनले प्रतिपश्न गरिन् ।‘ल ल आमा मलाई केहि हुदैनन् म घरको लागि तिम्रो र बाउको दुःख देख्न नसकेर हो आमा रहर त कसलाई हुन्छ र काख छाडेर हिड्ने । तल राजु दाइले नोकरी खोजिदिने भनेका छन् त्यही भएर सजिलो हुन्छ म छिट्टै आँउछु नी । झुपेले आमालाई सम्झाउँदै हस् सुत आमा भन्दै सुत्छ ।

अर्को दिनभर सोँच्छ मनमा जाने नजाने बीच युद्ध चल्छ साँझपख राज्ुदाईकोमा सल्लाह गर्न जान्छ र बवहान सल्लाह अनुसार भाले बासेसँगै आनो बिद्यालय जाने सुर्के झोला भिरेर राजुदाइसँगै दिल्लीको यात्रा तय गर्छ । उता आमा बिहान उठ्दा झुपेलाई देख्दिनन् आत्तिन्छन् पछि राजुको श्रीमतीसँग बुझेर मनलाई भुलाउन प्रयास गर्छिन् । झुपे दिल्ली पुग्छ लामो दूूरीको यात्रा नयाँ ठाउँ,नयाँ भाषा होहल्ला भएपनि घरको याद ओछ्यानमा पल्टिरहेका बाउ, दिनभर काम गर्ने आमा र भाइबहिनीको यादले झस्काइरहेको हुन्छ । भोलि बिहान राजुदाईले कामको लागि होटेलमा लग्छन् ।उसलाई पकाउने, वेटर, काउन्टर कुनैको पनि अनुभव नभएको हुँदा सफा गर्ने भाडा माझ्ने भनि खाए बसेर मासिक भा.रु.४००० दिने शर्तसँग काममा राखिन्छ ।

दिन बित्दै जान्छन् बढो दुःखसँग आनो मन समाल्दै घरको दुःख र भविष्यको सुख सम्झिँदै महिना दिन बिताउँछ र पहिलो पटक तलब बुछ भा.रु ४००० । तलब समाउँदै गर्दा आँखा बन्द हुन्छन् बरर आँशु झर्छन् र हात काँपिरहेका हुन्छन् । पहिलो कमाई मेहनत दुःख सम्झिन्छ । त्यो ४००० बाट १००० आनो लागि खर्च गर्छ र भा.रु ३००० घरबाट आउने बेलाको सुर्के झोलाको भित्र टोपीमा डल्लो पारेर राख्छ । कतिबेला घर पठाउँ लागेको हुन्छ । तर, पठाउने माध्यम बारे जान्दैन । करिब ६ महिनामा भा.रु २० हजार जम्मा गरेको हुन्छ । काममा गएको बेला एकदिन उसको कोठाबाट त्यो पैसा चोरिन्छ । साँझ करिब ९ बजे झुपे कोठामा आँउछ,ढोका खुलै भुइँमा आनो कपडा, टोपी अनि एकातिर झोला फिजारिएको हुन्छ । उसले हत्तपत्त टोपी हेर्छ पैसा हुँदैन ।

त्यो दुःख र सुखको सपनाले खाइनखाई जम्मा गरेको पैसा नहुदाँ अन्धकार जस्तो महसुुस हुन्छ दगुर्दै राजुदाईकोमा जान्छ,सोधखोज गर्छ । तर, भेटिदैन राजुदाईले धेरै सम्झाउँछन् । झुपे रुनु बाहेक अरु विकल्प हुदैन । नेपाली हो हिम्मत हार्देन अर्को दिनबाट पुनः उहि घरको सुखको सपना देख्दै काम गर्छ एक महिनामा तलब बुछ र यो बेला भने गाँउको साथी कृष्णसँग भा रु ५ हजार पठाँउछ घर आमाले करिब सात महिनामा ८ हजार रुपैया पाँउदा छोराको मेहनतले एकदम खुसी हुन्छिन् । बाउलाई उपचार गर्दाको अलिकति ब्याज, भाइबहिनीलाई कापी किताब र अलिकति चामल किन्दा सकिन्छ । झुपेले अर्को होटेलमा भा.रु.६ हजारमा काम पाँउछ करिब ३ महिनामा विश्वब्यापी महामारी कोरोनाको संकट सुरु हुन्छ । साहुले होटेल बन्द गर्दे आआनो व्यवस्था गर्न आग्रह गर्दे कामबाट पाउनुपर्ने तलब दिएर बिदा गर्छ । राजुदाई, झुपे लयाएतका नेपाली साथीहरु मिलेर नेपाल फर्कन्छन् ।

सिमामा आइपुग्दा लकडाउनको बन्दले सिमानामा केहिदिन बसी हिड्दै घरको ( गुल्मी अमरपुर ) यात्रा गर्छन् । केही दिनमा घर पुग्छन् आँगनमा झुपेलाई देख्दा आमा खुसीले चिच्याएर रुदै अँगालो मार्छिन् । आकाश जोडले गर्जिन्छ,क्यामेराले फलास हाने जसरी बिजुली चम्कन्छ झुपे झसङ्ग हुन्छ । आँखा आँशुले भरिएको हुन्छ । उता भुँईको कुनामा बाउआमा भाइबहिनी निदाइरहेका हुन्छन् । दिल्ली गएर धेरै पैसा कमाएर परिवारको दुःखलाई सुखमा बदल्ने उसको सपना तुहिन्छ । मन खिन्न बनाउँदै कोल्टे फेर्छ । पंतिकारले उल्लेख गरेको झुुपे केवल एक प्रतिनिधिमूूलक पात्र हो । यस्ता हजारौं झुुपे छन् । कोही यतिबेला ,परदेशमा,कोही सिमामा , कोही क्वारेन्टाइनमा त कोही आफ्नै झुुपुडीमा । यस्ता झुुपेका अभिभावक झुपैकै आशमा छन् । त्यस्ता झुुपेको अभिभावक भनेकै आशा गरिएका तीन तहका सरकार हुन् ।

तसर्थ जनप्रतिनिधिले त्यो भूमिका निर्वाह गर्न सक्नुुपर्छ । सरकारले यस्ता हजारौं झुपेहरुको पहिचान गरी राहत वितरणलाई प्रभावकारी बनाओस् । गरिबी आर्थिक दुर्दशा मजबुरीपनाले जीवनमा धेरै पाठ सिकाँउछ सकेसम्म आनै देशमा केही गर्ने वातावरण बनोस् । यस्ता झुुपे महामारी,भोकमरीबाट बाँचुुन् , र बाँचेर फेरि विदेशिने नसोँचुन् ,नजाउन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।