ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटना,युवकको मृत्यु

शुक्रबार, ०५ बैशाख २०७७, १७ : १४
10 Shares

सैनामैना । रुपन्देहीको सैनामैनामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.८ बाँसगढिमा लु ३० प ३८०४ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ सैनामैना वडा न.४ मुर्गिया बस्ने वर्ष २७ का सागर थापा मगरको मृत्यू भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।

बुटवलबाट सालझण्डीतर्फ जाने क्रममा सो दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनाको कारण भने खुलेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।