ताजा अपडेट »

गुल्मीमा कोरोना परीक्षण कक्ष सञ्चालन

शुक्रबार, ०५ बैशाख २०७७, १६ : ४२
8 Shares

गुल्मी । गुल्मीमा अस्पताल परिसरमा कोरोना परीक्षण कक्ष संचालनमा आएको छ । सदरमुकाम तम्घासमा रहेको शुभलक्ष्मी फर्माको सहयोगमा गुल्मी अस्पतालमा कोरोना परीक्षण कक्षको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्वारा उद्घाटन गरिएको हो ।

कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) को संक्रमण लागे नलागेको कोरोना परिक्षण कक्ष स्थापना गर्न सहयोग गर्नेलाई धन्यवाद दिए । सुरक्षित तरिकाले कोरोना परिक्षण गर्न यो कक्षले मद्दत गर्ने भएकाले स्वास्थ्य कर्मीको मनोवल बढाउने काम गरेको प्रमुख जिल्ला अधिाकरी शर्माको भनाई छ । यो कक्षबाट बिरामीको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मीलाई पिपिई लगाउन आवश्यक पर्दैन् ।

कोरोना परिक्षण कक्षले पिपिई नभएका कारण बिरामी आए स्वास्थ्यकर्मी भाग्ने अवस्थाको अन्त्य गरेको गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर उत्तम पच्याले बताए । कोरोना परिक्षण गर्दा स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले परिक्षण गर्न आवश्यकताको महसुस गरेर परिक्षण कक्ष स्थापना गरेको शुभलक्ष्मी फर्माका व्यावस्थापक होमबहादुर पल्लीले बताए । कक्षबाट बिरामी र डाक्टरबीच दूूरी कायम गर्न नपर्ने पल्लीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।