ताजा अपडेट »

आइपिएल अनिश्चितकालका लागि स्थगित

शुक्रबार, ०५ बैशाख २०७७, ०८ : १३
6 Shares

काठमाडौ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले अर्को सूचना नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई यो वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित गरेको छ।

विश्व क्रिकेटमै सबभन्दा ठूलो र आकर्षक मानिने २० ओभरको यो फ्रेन्चाइज लिग यो वर्ष मार्च २९ मा सुरु हुनु पर्ने थियो। तर, विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको कारण प्रतियोगिता स्थगित गरिएको थियो। बुधबारबाट आइपिएल सुरु गर्ने सुरुआति योजना रहे पनि भारतको बिग्रदो अवस्था र देशव्यापी रूपमा लगाइएको लकडाउन मङ्गलबार मे ३ सम्मका लागि थपिएपछि प्रतियोगिता थप सर्ने निश्चित भएको थियो।

‘देशव्यापी स्वास्थ्य र सुरक्षासँगै यो महान खेलमा आवद्ध हुने सबैको स्वास्थ्य पनि हम्रो पहिलो प्राथमिकताको विषय हो,’ बिसिसिआईले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यसैले पूर्णरूपमा सुरक्षित भएको ग्यारेन्टीपछि मात्र अर्को सूचना निकालेर कहिलेबाट प्रतियोगिता सुरु गर्ने भन्ने जानकारी गराइनेछ।’लकडाउनको दौरान भारतमा अत्यावश्यकीय दैनिक उपभोग्य सामग्री र औषधी पसलमात्र खुला छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।