ताजा अपडेट »

कोरोना नियन्त्रणको दिर्घकालिन योजना बनाउन मन्त्री बरालको जोड

विहीबार, ०४ बैशाख २०७७, २० : २६
8 Shares

बुटवल । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी प्रदेश ५ का जिल्लाहरुको स्थलगत अध्ययन गरी फर्किएका संघीय सरकारले खटाएको प्रतिनिधीहरुसँग सामाजिक विकास मन्त्रालयमा विहिवार छलफल गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएका डा. रमेश खरेलले जिल्लाका अस्पतालहरुको अवस्थाको विषयमा रिपोर्ट प्रस्तुत गरेका थिए । छलफलमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना भाइरस नियन्त्रणको लागि दिर्घकालिन योजना बनाएर जानु पर्ने औल्याए । उनले संघीय सरकारले त्यसको संयोजन तथा सहजीकरण गर्नु पर्ने बताए । क्रिटिकल केयरको लागि पहिलो चरणमा ४ वटा कोरोना स्पेशल अस्पताल स्थापना गरिएको तथा दोश्रो चरणमा प्रादेशिक अस्पतालहरु र तेश्रो चरणमा प्रदेशका मेडिकल कलेजका अस्पतालहरुलाई डेडिकेटेड अस्पतालको रुपमा रुपान्तरण गर्न तयारी गरिएको उनले जानकारी गराएका थिए ।

मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले संघीय सरकारले रकम पठाए पनि खर्च गर्न नसकिने अवस्थामा रहेको बताए । विशेष परिस्थितिमा खरिद सम्बन्धी ऐनमा केही सहजीकरण गर्न पर्ने आवश्यकता औल्याउँदै उनले संघीय सरकारले विशेष परिस्थितीमा केही सरलीकृत गरिदिनु पर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।