ताजा अपडेट »

झरना स्पोर्टस्द्वारा तिलोत्तमाको कोषमा आर्थिक तथा खाद्यान्न सहयोग

विहीबार, ०४ बैशाख २०७७, २० : २६
4 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले राहत संकलनका लागि स्थापना गरेको ‘खाद्य बैंकमा झरना स्पोर्ट्स क्लब,कुन्जलापुरले १ लाख ५१ हजार नगद रकमसहित ६ क्वीन्टल चामल, ७५ केजी दाल, १ क्वीन्टल नून् तथा १ कार्टुन् तेल सहयोग गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि आवश्यक परेको अवस्थामा नगरलाई क्लबको आफ्नो भवनसमेत क्वारेन्टाइन प्रयोजनका लागि उपलब्ध गराउन सक्ने बताउँदै क्लबका अध्यक्ष लोक पुनले स्वयम् सेवक परिचालनका लागि आफ्ना सदस्यहरु परिचालित हुन तयार रहेको बताए ।


सहयोग ग्रहण गर्दै नगर प्रमुख बासुदेव घिमिरे क्लबले गरेको सहयोगले थप उर्जा प्राप्त भएको उल्लेख गरे । कठिन समयमा प्राप्त सहयोगल कोरोना बिरुद्ध लड्न र राहत ब्यबस्थापनका लागि ठूलो प्रोत्साहन मिलेको घिमिरेले बताए । खाद्य बैंकमा उत्साहजनक सहयोग रहेको बताउँदै बैंकमा संकलन भएको खाद्यबस्तु आवश्यकता र औचित्यको आधारमा टोल विकास संस्थामार्फत् खाद्य अभाव भएका परिवारलाई वितरण गरिने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।