ताजा अपडेट »

दुध तथा दुग्धजन्य पदार्थको ओसारपसारलाई सहज बनाइयोस् : व्यवसायी

विहीबार, ०४ बैशाख २०७७, १९ : ४३
2 Shares

बुटवल । लकडाउनको अवधिमा दुध तथा दुग्धजन्य पदार्थको ओसारपसारका लागि सरकाले सहज वातावरण सिर्जना गर्नका लागि व्यवसायीहरुले माग गरेका छन् । कृषकहरुबाट दुध उठाएदेखि उपभोक्ताको घरसम्म पुर्याउने क्रममा कोरोना भाइरसको संक्रमण हुनसक्ने कुरालाई मध्यनजर गरी उनिहरुका लागि मास्क, सेनिटाइजर तथा पञ्जालगायतका स्वास्थ्य सामाग्री समेत उपलब्ध गराइनु पर्ने उनिहरुको माग रहेको छ ।

अत्यावश्यक वस्तु भनिसकेपछि देशभरि विनारोकतोक दुध तथा दुग्धजन्य पदार्थसँग सम्लग्न सबैलाई सहज रुपमा उचित पासको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै नेपाल डेरी एसोसिएशनले विहिबार एक विज्ञप्ति जारी गर्दै एक प्रदेशबाट अर्को प्रदेशमा दुध तथा दुग्धजन्य पदार्थ ढुवानीमा कुनै प्रदेशले आफ्नो प्रदेशमा आयात रोक लगाईएकोमा उक्त ढुवानी यथासिघ्र खुलाई किसानको उत्पादनलाई सुनिश्चित गर्न सहज गरिनुपर्ने माग राखेको छ ।

एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा तथा महासचिव प्रल्हाद दाहालद्वारा हस्ताक्षतिर विज्ञप्तिमा नोक्सान अनुसार अनुदान, बैंक व्याजमा छुट, स्टक सामान राहत प्याकेजमा समावेश, खपत बढाउन सन्देश मुलक सूचना प्रवाह, स्टोरको व्यवस्था, कर, भ्याट छुटको घोषणा आदि को सरकारद्वारा तत्काल सम्बोधन गरिनु पर्ने माग राखिएको छ । एसोसिएसनका अनुसार लकडाउनका कारण हालसम्म २ अर्व बढीको दुध नोक्सान भएको छ भने ५ अर्ब मूल्य बराबरको सामान स्टकमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।