ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा बालिकामाथि बलात्कार

विहीबार, ०४ बैशाख २०७७, १० : ४९
2 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा एक बालिका माथि बलात्कार भएको छ । गएको मंगलबार १५ वर्षीय बालिकामाथी बलात्कार भएको हो ।

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ समेत गरेको छ । बालिकामाथी बलात्कार भएको थाहा पाए लगतै परिवारले प्रहरीमा तत्काल उजुरी दिएका थिए । बलात्कार गरेको आशंकामा सैनामैना नगरपालिका -१ का ३७ वर्षीय मान बहादुर छहारीलाई बुधबार इलाका प्रहरी कार्यालय रन्यौराले पक्राउ गरेको छ ।

बालिकालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टाराईले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।