ताजा अपडेट »

लकडाउनको उल्लंघन गर्दै मर्निङवाक गर्नेलाई सशस्त्र प्रहरीद्वारा कार्वाही

विहीबार, ०४ बैशाख २०७७, १० : ३३
6 Shares

बुटवल । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ देखि लकडाउन (बन्दाबन्दी) गरेको छ ।

भैरहवामा लकडाउनलाई उल्लंघन गर्दै बिहीबार बिहान समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनालाई सशस्त्र प्रहरीले सडकमै घोप्टो पारेर कार्वाही गरेको छ । साथै सशस्त्र प्रहरीले उनीहरूलाई कार्वाहीसँगै सचेत समेत गराएको थियो ।

सिद्धार्थनगर नगरपालिका–१ बाइसास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अब घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा. (राजस्व तथा भन्सार गस्ती सुरक्षा ) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मान बहादुर शाहीले बताए ।

भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा जाने समेत उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।