२१ माघ २०७९, शनिबार

Feb 4, 2023

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट कम्तीमा २० देशमा रहेका नेपाली पीडित देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Advertisement

मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमित नेपालीको सङ्ख्या करिब २ सय रहेको उल्लेख छ। कतिपय देशबाट तथ्यांक नपाइएको उल्लेख गरिएको विवरणमा अमेरिका, वेलायत र खाडी देशमा रहेका नेपालीहरू कोरोना भाइरसका कारण बढी प्रभावित भएको देखिन्छ। वासिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले परिवार र समुदायमा नराम्रो सन्देश जाने कारणले कैयौँ नेपालीहरू खुल्न नचाहेकाले वास्तविक विवरण पाउन नसकिएको बताए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नेपाली समुदाय र स्थानीय सरकारसँग सम्पर्कमा रहन र सुरक्षाका उपाय अपनाउन विदेशस्थित नियोगहरूलाई निर्देशन दिइएको बताएका छन्। मङ्गलवार साँझसम्म नियोगहरूले परराष्ट्र मन्त्रालयलाई पठाएको विवरणले हालसम्म सबैभन्दा धेरै सङ्क्रमित नेपालीहरू अमेरिकामा रहेको देखाएको छ। स्थानीय कानूनले बिरामीको जानकारी गोप्य राख्ने हुनाले कति जना नेपाली सङ्क्रमित छन् यथार्थ जानकारी नभएको भन्दै विवरणमा करिब ६० जनामा सङ्क्रमण पाइएको उल्लेख छ।

त्यसमध्ये ४२ जना हाल न्यूयोर्कका भएको बताइएको छ। वासिङ्टन डिसीस्थित दूतावासले एकजना नेपाली मूलका अमेरिकी र एक नेपाली नागरिक सहित छ जनाको मृत्यु भएको र त्यसमध्य ३ जनाको मृत्युको कारण पुष्टि हुन बाँकी रहेको जनाएको छ । राजदूत कार्कीले भने, परिवार चिन्तित हुने आशङ्काले कतिपयले आफूलाई सङ्क्रमण भएको सार्वजनिक गर्न चाहेका छैनन् । एक्लै बस्दा महङ्गो हुने भएकाले धैरै जना सामूहिक रूपमा बस्ने गर्छन् । तर आफ्ना कारणले समुदायमा नराम्रो नहोस् भनेर पनि खुल्न नचाहनेहरू छन् । त्यसैले हामीसँग यकिन तथ्याङ्क छैन।

यसअघि गैरआवसीय नेपाली सङ्घले अमेरिकामा ५०० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएका हुनसक्ने आशङ्का व्यक्त गरेको थियो । वेलायतमा हाल ३५ जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ३० जना क्वारन्टाइनमा रहेको बताइएको छ । त्यहाँ हालसम्म कोरोना भाइरसका कारण छ जना नेपालीले ज्यान गुमाएको र १० जना आराम गरिरहेका छन्। लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज अरनले कोरोना भाइरसपछि उत्पन्न सङ्कटका कारण खाना र डेरा खर्च नभएको कारणसहित २३० जनाले सम्पर्क गरेको जानकारी दिए ।

लाखौँ नेपाली कामदार कार्यरत रहेका खाडी तथा मध्यपूर्वका देशमा पनि नेपालीहरूमा सङ्क्रमण देखिएको छ । यूएईमा एकको मृत्यु भएको भनिएपनि त्यसको पुष्टि मन्त्रालयले गरेको छैन । झन्डै ३५ हजार नेपाली रहेका बहराइनमा २२ जनामा सङ्क्रमण देखिएको छ। ४ लाख नेपाली श्रमिक रहेको कतारमा केही सङ्क्रमित नेपालीहरू दूतावासको सम्पर्कमा रहेको भनिएको छ। उक्त विवरणमा सङ्क्रमित वा क्वारेन्टाइनमा रहेकाहरूको विवरण उपलब्ध नगराउने नीति कतार सरकारको रहेकोे छ।

यूएईमा ११, कुवेतमा १२, साउदी अरेबीयामा ४, जापानमा २, अस्ट्रेलियामा आठ, पोर्चुगलमा १२, ,स्पेनमा कम्तीमा आठ, स्वीट्जरल्यण्डमा पाँच, हङकङमा १ जनामा सङ्क्रमण र ७ जना क्वारन्टाइनमा रहेको, माल्दीभ्समा २ क्वारेन्टाइनमा, बेल्जीयममा १ जना आराम गरिरहेको र मलेशियामा १, इजरायल र न्यूजील्याण्डमा पनि एक एक जनामा सङ्क्रमण देखिएको पनि मन्त्रालयले उल्लेख गरेको छ। क्यानडामा रहेका केही नेपालीमा पनि सङ्क्रमण देखिएको जानकारी भएपनि त्यो पुष्टि गर्न नसकिएको विवरणमा उल्लेख छ।-अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै